खेल

भ्याली पब्लिकको सुखद सुरुआत

आयोजक भ्याली पब्लिक कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस–टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ।

कपनको भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले अक्सब्रिज इन्टरनेसनल कलेजलाई ४४–३८ ले पराजित गर्‍यो। भ्याली पब्लिकका कप्तान सक्रिय अधिकारी र राहुल विकेले समान १५/१५ अंक जोडे। ट्रिनिटी इन्टरनेसनल कलेज, जेभियर इन्टरनेसनल कलेज र टाइम्स कलेजले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन्। ट्रिनिटीले एन्जल्स हर्ट कलेजलाई ४१–३५ ले हरायो।

ट्रिनिटीका सुलभ बिसीले १६ स्कोर गरे। जेभियरले साइपाल एकेडेमीमाथि ३५–२५ को जित निकाल्यो। जेभियरका राजीव आलेले ११ अंक बटुले। हेराल्ड इन्टरनेसनल कलेजविरुद्धको खेलमा टाइम्स ३२–३१ को साँघुरो अन्तरले विजयी भयो।

प्रतियोगिताको भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्वमेजर लीलबहादुर गुरुङले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए। पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा आठ टोली सहभागी छन्।

प्रकाशित: २२ पुस २०७८ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App