खेल

प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन: सेन्चुरी बैंकलाई उपाधि

प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि सेन्चुरी कमर्सियल बैंक विराटनगरले जितेको छ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघले विराटनगरमा आयोजना गरेको दुई दिने ब्याडमिन्टन प्रतियोगितामा सेन्चुरीले एनआइसी एसिया बैंकलाई पराजित गरेको हो। सेन्चुरीका अजेश मण्डल र दीपक खत्रीको जोडीले एनआइसीका लुमनीराम कार्की र पुष्प पौडेलको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।  

लक्ष्मी बैंक  र कृषि विकास बैंक तुतीय भए। प्रतियोगितामा प्रदेश १ का २३ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले नगद १० हजार र तेस्रो स्थान हुनेले समान नगद ५–५ हजार रुपैयाँका साथै शिल्ड प्राप्त गरेका। खेलाडीहरुलाई नेपाल राष्ट्र बैंककी निर्देशक मीना पाण्डे, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय सचिव गीता पोखरेल लम्साललगायतले पुरस्कार वितरण गरे।

प्रकाशित: १८ पुस २०७८ ०८:४४ आइतबार

सेन्चुरी बैंकलाई उपाधि प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन