खेल

सुदूरपश्चिम राजधानी कपको उपाधि वनदेवीलाई

सुदूरपश्चिम राजधानी कप–२०७८ को उपाधि वनदेवी युवा क्लबले हात पारेको छ। शनिबार अबेर साँझ भएको फाइनलमा र रेसिङ सहारा कोहलपुरलाई ३–२ ले हराउँदै अत्तरियाकै वनदेवी युवा क्लबले उपाधि हात पारेको हो।

गोदावरी नगरपालिका–८, मा रहेको शिवशक्ती युवा क्लवको खेल मैदान स्याउलेमा भएको फाइनलमा वनदेवीलाई उपाधि जिताउन युवराज ढकालले २ र फिलिप तामाङले १ गोल गरे। रेसिङ सहारा कोहलपुरका लागि माधव भण्डारी र चेतन कठायतले समान एक गोल गरेका थिए। पिएफए स्पोटर्स क्लवको आयोजनामा भएको तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कपको उपाधिसँगै वनदेवीले नगद ५ लाखसहित ट्रफी र मेडल पाएको हो। उपविजेता रेसिङ सहारा कोहलपुरले नगद २ लाख ५० हजारसहित ट्रफी र मेडल पाएको छ।

प्रतियोगितामा वनदेवीका दिपेन्द्र मलासी सर्वोकृष्ट खेलाडी बने। उनले नगद २० हजारसहित ट्रफी पाए। वनदेवीका धनराज थापा उत्कृष्ट रक्षक, आकाश बुढा क्षेत्री उत्कृष्ट गोलरक्षक, योगेन्द्र खड्का उदयमान खेलाडी र कुवेर सिंह सर्वाधिक गोलकर्ता भए। रेसिङ सहाराका माधव भण्डारी उत्कृष्ट मिडफिल्डर भए। उनीहरुले जनही नगद १५ हजारसहित ट्रफी पाए।

यस्तै, प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि धनगढीको मनकामना युवा क्लबले जितेको छ। कञ्चनपुरको रोयल गोखार्जलाई ३–० ले हराउँदै मनकामना च्याम्पियन भएको हो। मनकामनालाई सानदार जित दिलाउन अन्जना राई, तुल्सा बोहोरा र नेहा खड्काले समान १ गोल गरे। विजेता भएसँगै मनकामनाले नगद एक लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

उपविजेता रोयल गोखार्जले नगद ७५ हजारसहित ट्रफी र मेडल पाएको छ। मनकामनाकी तुल्सा बोहोरा प्रतियोगिताकी सर्वोकृष्ट खेलाडी भइन्। उनले नगद १५ हजारसहित ट्रफी पाइन्। यस्तै मनकामनाकी सरस्वती रोकाया उत्कृष्ट रक्षक, लीला जोशी उत्कृष्ट गोलरक्षक र अन्जना राई सर्वाधिक गोलकर्ता भइन्। रोयल गोखार्जकी अन्जली चन्द उत्कृष्ट मिडफिल्डर र अत्तरिया फुटबल एकेडेमीकी सोनम शाह उदयमान खेलाडी भइन्। उनीहरुले जनही १० हजार नगदसहित ट्रफी पाइन्।  

प्रकाशित: ११ पुस २०७८ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App