खेल

आद्याको जित

आद्या पौडेल र सक्षमविक्रम शाहले १९औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सुखद सुरुआत गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को टेनिस कोर्टमा सोमबार भएको प्रतियोगिताअन्तर्गत आद्या र सक्षमविक्रमले यु–१४ सिंगल्सतर्फ जित निकालेका हुन्।

ब्वाइज सिंगल्समा सक्षमविक्रमले सिद्धान्त प्रधानलाई ६–० र ६–० ले हराउँदा गल्र्सतर्फ आद्याले जेनी खड्कामाथि ६–३ र ६–१ को जित दर्ता गरिन्। आद्या पहिलो खेलबाटै सेमिफाइनलमा पुगिन्। गल्र्स यु–१२ सिंगल्सतर्फ स्वस्तिका विष्ट, सिभाली गुरुङ र प्रज्ना मानन्धर सेमिफाइनलमा पुग्न सफल भए।

स्वस्तिकाले मान्सा कडेंललाई ६–०, ६–२, सिभालीले लशा प्रजापतिलाई ६–०, ६–० र प्रज्नाले कर्मिस्था श्रेष्ठबाट वाक ओभर पाइन्। सोही उमेर समूहको ब्वाइजतर्पm सम्खा राई र एड्रिन थापा क्वार्टरफाइनलमा पुगेका छन्। सम्खाले सन्जोक ब्लोनलाई २–६, ६–२, ६–३ ले तथा एड्रिनले आभासनाथ श्रेष्ठलाई ७–६ र ६–३ ले हराए। 

ब्वाइज यु–१० तर्फ सन्जोग ब्लोनले विश्व विशेषलाई ७–५ र ६–१ ले तथा स्पन्दन उदासले आराध्य टन्डनलाई ६–० र ६–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए। गल्र्स डबल्समा समृद्धि महर्जन र आद्या पौडेलको जोडीले सफलता पाए। यो जोडीले स्वस्तिका विष्ट र मान्सा कडेंलको जोडीलाई ६–१ र ६–१ ले हराए।

प्रकाशित: ६ पुस २०७८ ०२:५७ मंगलबार

आद्या पौडेल जुनियर टेनिस प्रतियोगिता सुखद सुरुआत