प्रत्येक वडामा खेल मैदान पोखरा महानगरपालिकाको योजना हो। अधिकांश वडामा खेलमैदानको नाममा व्याडमिन्टन कोर्ट बनाएका छन्। महानगरपालिका खेलकुद विकास समितिले वडास्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै छ। प्रतियोगिता सोमबारदेखि शुरु हुने छ। पोखरा रंगशाला व्याडमिन्टन कभर्ड हलमा प्रतियोगिता शुरु हुने छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै महानगरले वडास्तरीय व्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको हो। महानगर खेलकुद विकास समितिले वडास्तरीय व्याडमिन्टनसँगै महानगरपालिका खुल्ला टेवल टेनिस प्रतियोगिता समेत आयोजना गरेको छ। व्याडमिन्टन प्रतियोगिता व्याडमिन्टन कभर्ड हलमा सोमबार र मंगलबार हुने छ भने टेबल टेनिस प्रतियोगिता मंगलबार र बुधबार हुने छ।
महानगर खेलकुद विकास समिति गठनपछि यो दोस्रो र तेस्रो प्रतियोगिता हुन्। पहिलो प्रतियोगिताको रुपमा महानगर खेलकुद विकास समितिले १० किलोमिटर खुल्ला दौड प्रतियोगिता गत असोजमा आयोजना गरेको थियो। व्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता खास गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै नवप्रतिभा खेलाडी प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए।
महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले व्याडमिन्टनमा ८० खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए। टेबल टेनिसमा ५० जना खेलाडीले सहभागिता जनाउने उनले बताए। व्याडमिन्टन बेष्ट अफ थ्रीमा खेलाईने छ। टेबल टेनिस भने लिगको आधारमा खेलाईने छ। ब्याडमिन्टन प्रतियोगितामा ८० जना खेलाडीहरु र टेबुल टेनिस प्रतियोगितामा ५० जना खेलाडीहरुले पुरुष÷महिला (सिङ्गल्स र डबल्समा) प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने खेलाडी साथै ईमर्जिङ वा राईजिङ प्लेयरहरुलाई मेडल र प्रमाण पत्रद्धारा पुुरस्कृत गरिने उनले बताए। च्याम्पियन वडालाई ट्रफिद्धारा पुरस्कृत गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ। अन्तर्राष्ट्रिय पदकधारी खेलाडी साफ मेडलिस्ट पुनम गुरुङ र अन्र्तराष्ट्रिय खेलाडीहरु उत्पादनमा टेवा पुर्याए बापत टप्स माध्यामिक बिद्यालयलाई सम्मान गरिने समेत समितिले जनाएको छ।
प्रकाशित: ४ पुस २०७८ ०९:०७ आइतबार