खेल

सितोरियो सोबुकान कराते शनिबार

नेपाल सितोरियो सोबुकान कराते डो संघको आयोजनामा चौथो नेपाल सितोरियो सोबुकान खुला राष्ट्रिय कराते प्रतियोगिता शनिबार हुने भएको छ।

प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सनिश श्रेष्ठले जनाएका छन्। पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा खेल हुनेछ। एक दिने प्रतियोगिता भक्तपुरको बालकोटमा हुनेछ।

प्रकाशित: २७ मंसिर २०७८ ०२:५२ सोमबार

सितोरियो सोबुकान कराते प्रतियोगिता संयोजक सनिश श्रेष्ठ