खेल

सक्षम र सुनीरालाई स्वर्ण

नेपालका सक्षमविक्रम शाह र सुनीरा थापाले काठमाडौं/एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२र ६–१ को सोझो सेटमा पराजित गरे। नेपालका दर्शिल श्रेष्ठर आयुष्मान् हजुर घले तेस्रो भए। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा सुनीराले नेपालकी प्रशंसा मोक्तानलाई ६–१र ६–२ को सीधा सेटमा हराइन्।

नेपालकी शिभाली गुरुङ तथा नेपालकी इभा अधिकारीले तेस्रो स्थानमा चित्त बुझाए। त्यसअघि डबल्सको ब्वाइजमा नेपालका सक्षमविक्रम शाहर आयुष्मान् हजुर घले तथा गल्र्समा सुनीरा थापार प्रशंसा मोक्तानको जोडी पहिलो भएका थिए।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योतिराणा, उपाध्यक्ष केशवराज पाण्डेर महासचिव मनोहरदास मूलले एक कार्यक्रमबीच पुरस्कृत गरे। प्रतियोगिताअन्तर्गत सर्किट– २ का खेलहरू सोमबारदेखि सुरु हुनेछन्।

प्रकाशित: ४ मंसिर २०७८ ०३:०० शनिबार