खेल

आयोजकलाई उपाधि

मोरङको कानेपोखरी गाउँपालिकामा आयोजित प्रथम अध्यक्ष कप प्रदेश नम्बर १ स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि आयोजकले जितेको छ।

कानेपोखरी–६ स्थित रमाइलोमा भएको प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदकका साथ आयोजक आइटिएफ तेक्वान्दो डोजाङ कानेपोखरीले उपाधि जितेको हो। ८ स्वर्ण, २ रजत र ३ कास्य पदकका साथ सुनसरी दोस्रो र ७ स्वर्ण, ९ रजत र ६ कास्य पदकका साथ झापा तृतीय भयो।  

उत्कृष्ट खेलाडी महिलातर्फ मोरङकी इन्दिरा थापा र पुरुषतर्फ सुनसरीका निकेश कटुवाल भए। अनुशासित टिम पाँचथर घोषित भयो।  

इस्पारिङ जुनियर महिलातर्फ २०÷२५ केजी तौल समूहमा प्रथम सुनसरीकी सदीक्षा राई, आयोजककी सुनिता तामाङ द्वितीय, तृतीय सुवानी राज भण्डारी र जेनिसा धिमाल भइन्। पुरुषतर्फको ५०÷५५ तौल समूहमा सुनसरीका अनोज राई प्रथम, झापाका मनिष श्रेष्ठ द्वितीय, आयोजकका हरी श्रेष्ठ र मोरङका अर्जुन गिरी तृतीय भए।

महिलातर्फ पहेँलो बेल्ट प्याटनमा आयोजककी बेनिसा धिमाल प्रथम, मोरङकी प्रिन्सा कार्की द्वितीय भइन्। महिला हरियो बेल्टतर्फ आयोजककी स्वस्तिका माझी प्रथम भइन्। पुरुषतर्फको पहेँलो बेल्ट प्याटनमा आयोजकका आर्यन राई प्रथम, मोरङका मन्दीप माझी द्वितीय भए। यस्तै पुरुषतर्फको हरियो बेल्ट प्याटनमा आयोजकका रिवाज फुँयल, मोरङका विशाल खत्री द्वितीय भए। पुरुषतर्फ निलो बेल्ट प्याटनमा आयोजकका आशिष भुजेल भए । पुरुषतर्फ रोतो बेल्टमा आयोजकका निश्चल लिम्बू प्रथम भए।

प्रतियोगीतामा पुरुषतर्फ २० देखि ८० केजीमाथी तौलसमूहसम्म र महिलातर्फ २० देखि ७० केजीमाथी तौलसमूहका खेलाडीबीच प्रतिष्पर्धा भएको थियो।  

शुक्रबार र शनिबार भएको प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापा, ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा, तेह्रथमु, धनकुटा, भोजपुर, खोटाङ, र आयोजक कानेपोखरीका गरी २ सय ५० खेलाडीको सहभागिता थियो। जसमा ९६ जना महिला खेलाडी थिए।

प्रकाशित: २८ कार्तिक २०७८ १२:५९ आइतबार

उत्कृष्ट खेलाडी