खेल

लिग तीन दिन सर्‍यो

सहिद स्मारक ‘ए’ डिभिजन लिग तीन दिनपछि धकेलिएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार जनाएको छ।

२९ कात्तिक सुरु गर्ने भनेको लिग तीन दिन पछि सरेको जनाएको हो। लिग अब मंसिर ३ गतेबाट हुनेछ।एन्फा मुख्यालयमा बिहीबार प्रत्यक्ष प्रसारणको अधिकार सम्झौता कार्यक्रममा एन्फाले लिगलाई तीन दिन पछि सरेको जनाएको हो।

एन्फाले क्लबहरूसँगको छलफलपछि लिगका खेलहरू एक हप्तामा तीन दिन (शुक्रबार,शनिबार र आइतबार) मात्र खेलाउने समेत जनाएको छ। यससँगै लिगको खेलतालिकामा समेत परिवर्तन हुने भएको छ।

यसअघि २९ कात्तिकमा फ्रेन्ड्स क्लब र यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबबीच उद्घाटन खेल हुने तालिका थियो। उक्त खेल दशरथ रंगशालामा तोकिएको थियो। १४ क्लबको सहभागिता रहने लिगका अन्तिम दुई टोली रेलिगेसनमा पर्नेछन्।

प्रकाशित: २६ कार्तिक २०७८ ०३:०३ शुक्रबार

खेलतालिका सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तिम दुई टोली रेलिगेसनमा सातदोबाटो युथ क्लब