१३औं दक्षिण एसियाली खेलकुद (साग)का कांस्य विजेता शिशिर श्रेष्ठले विश्व चाङ्मोक्वान तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
थाइल्यान्डको विश्व तेक्वान्दो चाङ्मोक्वान हेडक्वार्टरद्वारा आयोजित च्याम्पियनसिपमा शिशिरले ३० वर्षमुनि उमेर समूहको पुम्सेमा स्वर्ण जितेका हुन्। उनले सिंगापुरका लिम नियानलाई पछि पार्दै सफलता प्राप्त गरे। शिशिरले ६.५३२ स्कोर र लिमले ६.१६५ स्कोर पाएका थिए।
सोही विधामा कोलम्बियाका सेबास्टियन मोरा ५.२० स्कोरका साथ तेस्रो भए।लेभल वान इन्टरनेसनल कोचको कोर्स पूरा गरेका शिशिरले १३औं सागमा टिम पुम्सेतर्फ कांस्य जितेका थिए।
प्रकाशित: २४ कार्तिक २०७८ ०३:२५ बुधबार