खेल

गाईघाटलाई हराउँदै हिमालयन शेर्पाको सेमिफाइनलको यात्रा

काठमाडाँंैको ए डिभिजन क्लब हिमालयन शेर्पाले उदयपुरको गाईघाट फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। 

चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलबारी–११ स्थित लक्ष्मीमार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्गमा भएको खेलमा हिमालयनले गाईघाटलाई ३–० गोल अन्तरमा पराजित गरेको हो। हिमालयनले खेललाई आफ्नो पक्षमा राख्दै खेलेको थियो। अग्रपंक्ति फितलो हुँदा गाईघाटले विपक्षीको पोष्टमा दबाब सिर्जना गर्न सकेन। 

खेलको १९ औं मिनेटमा हिमालयनका मनिष थापाले गोल गरे। उनलाई ३५ याड टाढाबाट जीवन गुरुङले पास मिलाइ दिएका थिए।  ५५ औं मिनेटमा सेबी गुरुङले गोल थप्दै गोल संख्या दोब्बर बनाए। ७१ औं मिनेट विश्वास श्रेष्ठ गोल थप्दै जित सुनिश्चित पारे। गाईघाटका एलेक्स एन्डरलक्कीले हिमालयनका त्रिदेव गुरुङलाई फल गरेपछि पाएको फ्रिकिकमा श्रेष्ठले गोल गरे। 

खेलको म्यान अफ द म्याच हिमालयन शेर्पाका विशन गुरुङले नगद ५ हजार ५ सय पुरस्कार पाए। आइतबार रारा फुटबल क्लब  राजारानी र आयोजक डाँगिहाट युथ क्लब बेलबारीबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: १३ कार्तिक २०७८ १२:४५ शनिबार

म्यान अफ द म्याच फुटबल प्रतियोगिता