खेल

नेपाल इरानसँग पराजित

एएफसी यु–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल नेपाल इरानसँग पराजित भएको छ।सोमबार  ताकिस्तानको दुसान्वेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामामा सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा नेपालले इरानलाई ४–० को नतिजा सुम्पिएको हो। 

पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने इरानको आक्रमण निस्तेज पार्न सकेन। १७औं मिनेटमा इरानका कप्तान ओमिद नोराफकनले पेनाल्टीको अवसर  खेर  फाल्दा नेपालको संकट जोगिएको थियो।

दोस्रो हाफमा ४ गोल गरेसँगै इरानले प्रतियोगितामा सुखद सुरुआत  गरेको हो। ४७औं मिनेटमा मेहदीको गोलमा इरानले अग्रता लियो। ७७औं मिनेटमा होसेनले  इरानको अग्रता दोब्बर  पारेका  थिए। त्यसको दुई मिनेटपछि नै होसेले व्यक्तिगत दोस्रो गोलमा इरानको अग्रता ३–० मा पुर्‍याएका थिए। 

इन्जुरी समयमा यासिनले बललाई जाली चुमाएसँगै इरानले छनोट चरणमा सानादार  सुरुआत गरेको हो। नेपालले बिहीबार  दोस्रो खेलमा ताजिकिस्तान र  कात्तिक १४ गते लेबनानको सामना गर्नेछ।

 छनोटअन्तर्गत ११ समूहका शीर्ष टोलीले एएफसी यु–२३ एसियन कप खेल्ने मौका पाउनेछन्। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट पाँच टोली पनि यु–२३ एसियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा नै हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका छ।

प्रकाशित: ९ कार्तिक २०७८ ०४:३२ मंगलबार

एएफसी यु–२३ एसियन कप छनोट खेल इरानका कप्तान ओमिद नोराफकन