खेल

क्रिकेटको मुख्य प्रशिक्षक पदका लागि आवेदन खुला

नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ। डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त पदका लागि सोमबार क्यानले आवेदन खुला गरेको हो।

क्यानले मुख्य प्रशिक्षकको योग्यता ईसीबी वा सीए लेभल थ्री तालिम प्राप्त वा सो समान हुनुपर्ने बताएको छ। त्यस्तै आईसीसी पूर्ण सदस्य, फस्ट क्लास टिम वा एसोसियट सदस्य राष्ट्रका लागि कम्तीमा ५ वर्ष प्रशिक्षण गरेको अनुभव पनि हुनुपर्ने योग्यता तोकेको छ। 

२०७७ पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त ह्वाटमोरले गत भदौ ११ गते राजीनामा दिएका थिए। 

प्रकाशित: १ कार्तिक २०७८ ०४:५१ सोमबार

नेपाल क्रिकेट संघ(क्यान) मुख्य प्रशिक्षकको योग्यता ईसीबी वा सीए लेभल थ्री तालिम प्राप्त वा सो समान क्रिकेटको मुख्य प्रशिक्षक पद आवेदन खुला