खेल

फाइनलपछि म नेपाल फर्कने पनि छैनः प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने घोषणा गरेका छन्। नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेर फाइनल प्रवेशपछि पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन्।  

उनले एक महिनाअघि नै राजिनामा दिएपनि अब नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजिनामा लागु हुने बताए। उनले आफू नेपाल नफर्कने बताएका हुन्। उनले भने, ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु। फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ। फाइनलपछि म नेपाल फर्कने पनि छैन।’

प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए। उनले भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे। तर नेपालको जितमा खुसी छु।’

 

 

प्रकाशित: २७ आश्विन २०७८ १५:४९ बुधबार

नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिप २०२१