खेल

फेरि बराबरीमा रोकियो भारत

साफ च्याम्पियनसिपअन्तर्गत भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ। बिहीबार भएको खेलमा भारत श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको हो।  

यसअघि सोमबार भएको पहिलो खेलमा १–० को अग्रता जोगाउन नक्दा भारत १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो। २ खेलमा २ अंक मात्र जोडेको भारत तेस्रो स्थानमा छ।  

दुई खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ। समान खेलमा ४ अंक बटुलेको बंगलादेश दोस्रो स्थानमा छ। तीन खेलमा १ अंक जोडेको श्रीलंका चौथो स्थानमा छ भने एक खेलमा अंक खाता नखोलेको आयोजक माल्दिभ्स अन्तिम स्थानमा छ। 

पाँच टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोबिन पद्धतिमा खेलाइनेछ। जहाँ शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्। नेपालले आइतबार समूहको तेस्रो खेलमा भारतको सामना गर्दै छ।

प्रकाशित: २२ आश्विन २०७८ ०३:५८ शुक्रबार

साफ च्याम्पियनसिप