खेल

अनिल स्वस्तिश्रीको सद्भावना दूत

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङलाई स्वस्तिश्री गुरुकुल स्कुलले सद्भावना दूतको रूपमा नियुक्त गरेको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट ‘ए’ डिभिजन लिग खेलिरहेका अनिलले सम्झौतापत्रमा हस्ताक्षर गरे। 

सम्झौतापत्रमा स्वस्तिश्री गुरुकुलका प्रबन्ध निर्देशक मीना महर्जन चित्रकार र अनिल गुरुङले हस्ताक्षर गरेका थिए। सम्झौतापछि अनिलले स्कुलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। यस्तै स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले फुटबलको हितमा अनिलसँगको सहकार्य कोसेढुंगा साबित हुने बताए। 

सोही अवसरमा स्वस्तिश्री गुरुकुलभित्रै निर्माण भएको फुटसल कोर्टको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गरेका थिए। 

प्रकाशित: २१ आश्विन २०७८ ०१:४४ बिहीबार

नेपाली राष्ट्रिय फुटबल टोली अनिल गुरुङ