खेल

क्षेत्रीय भलिबलका लागि खेलाडी छनौट

क्षेत्रीय भलिबल प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनौट भएका छन्। पाटनमा सञ्चालन गरिएको छनौट प्रतियोगिताबाट ९ जना खेलाडी छनौट गरिएको भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले जानकारी दिए। 

यही असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको भलिबलका प्रदेश रेफ्री प्रेमबहादुर चन्दले बताए। सो प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका टीमहरुको सहभागिता रहनेछ।

बैतडीबाट क्षेत्रीय प्रतियोगिताका लागि सुर्नयाका धनबहादुर महरा, मेलौलीका रोशनबहादुर चन्द, मेलौलीका श्याम दयाल, सुर्नयाका राकेश साउँद, शिवनाथका गम्भीर साउँद, पाटनका विकास बिष्ट, पाटनकै लक्ष्मण भट्टराई, सिगासका गोविन्द साउँद र पाटनका मनोज चन्द छनौट भएका छन्। छनौट भएका खेलाडीहरुका लागि बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ।

प्रकाशित: १४ आश्विन २०७८ १४:५७ बिहीबार

भलिबल प्रतियोगिता