खेल

काठमाडौं आइपुगे शाहिद अफ्रिदी

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी नेपाल आइपुगेका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी बिहीबार दिउँसो ३ः३० बजे नेपाल आइपुगेका हुन्। अफ्रिदी यस इपिएल खेल्ने सर्वाधिक ठूला नामका खेलाडी हुन्।

इपीएलमा अफ्रिदीले सुरुवाती दुई खेल खेल्ने बताइएको छ। अफ्रिदीले शनिबार हुने ललितपुर प्याट्रियट्र्सविरुद्ध र सोमबार विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन्। ४१ वर्षीय अफ्रिदी विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डरमा पर्दछन्।

उनलाई बुम बुम अफ्रिदी पनि भन्ने गरिन्छ। अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित नाम हुन्। ४१ वर्षीय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडिआई, (९ टि२०) आई र ३ सय २६ टि २० खेल खेलेका छन्।

इपिएल असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म त्रिबि मैदानमा हुने छ। अलराउन्डर अफ्रिदीलाई काठमाडौं किंग्स ११ ले 'आइकनिक प्लेयर'का रुपमा आफ्नो टोलीमा भित्र्याएको हो।

प्रकाशित: ७ आश्विन २०७८ १२:०० बिहीबार

शाहिद अफ्रिदी