खेल

विश्व हाप्किडो च्याम्पियनसिपका सहभागिलाई बिदाई

गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल खेलाडी बिदाई गरेपछि सामूहिक तस्बिर खिचाउँदै । तस्बिर नागरिक

विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागि हुने नौजना खेलाडीसहित अफिसियललाई पोखराबाट बिदाई गरिएको छ । आगामी कात्तिक ५ देखि ७ गते सम्म रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडी र प्रशिक्षक सहित २० जनालाई बिदाई गरिएको हो ।

विश्व च्याम्पियनसिपको लागि खेलाडीहरु झण्डै एकमहिना देखि बन्द प्रशिक्षणमा थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेलाडीलाई शुभकामना सहित बिदाई गरेका हुन् । हाप्किडोका खेलाडीहरुलाई विदाई गर्दै मुख्यमन्त्री पोखरेलले खेलाडीलाई राज्यले पर्याप्त सेवा सुविधा उपलब्ध गराउन नसकेको गुनासो पोखे । उनले प्रशिक्षक र खेलाडीहरुको आफ्नै प्रयास र मेहनतले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाल र नेपालीको सान विश्वसामु पु¥याउन सफल भएको बताए ।  

राज्यले सुविधा दिन नसक्दा पनि खेलाडीहरुको अथक मेहनत र प्रयासबाट प्राप्त उपलब्धिबाट गौरव गर्ने अवसर पाएको बताउदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनका लागी आगामी दिनमा अगाडी बढ्ने बताए ।  बिदाई भएका खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशन गरेर गण्डकी प्रदेश र नेपालको पहिचान गराएर आउन शुभकामना शुभकामना समेत उनले दिए ।  

राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले खेलकुद पदाधिकारी र संघहरुले खेलाडीको पक्षमा काम गर्न नसकेको बताए । संघ सस्ंथाहरुमा ब्यक्तिवाद हावि हुने र झोलामा संस्था बोकेर हिँड्दा खेलाडीहरुको पक्षमा काम नभएको बताउदै त्यस्ता झोले संगठन र तिनका पदाधिकारीले पछिल्लो समय स्थापना भएको हाप्किडो संघका पदाधिकारीबाट काम सिक्न समेत आग्रह गरे ।  

पार्टीबाटै नियुक्ति भएतापनि खेलकुद र खेलाडीको हितमा संघ संस्थाका पदाधिकारीहरुले काम गर्नुपर्ने उनको भनाइ रहेको थियो । हाप्किडो खेलमा खेलाडीसंगै अभिभावकहरुको समेत उत्तिकै सहभागीता रहेको उल्लेख खेलाडीलाई अगाडि वढाउन अभिभावकहरुको समेत उत्तिकै भूमिका रहने वताए ।  

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले हाप्किडो खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउनका लागी आफ्नो ठाउबाट पहल गर्ने स्पष्ट पारे । हाप्किडो खेलले रसियामा हुने वल्र्ड च्याम्पियनमा राम्रो नतिजा ल्याउनेतर्फ आफु ढुक्क रहेको भन्दै खेलाडीहरुलाई हौसला प्रदान गरे ।

प्रकाशित: ७ आश्विन २०७८ ०७:३८ बिहीबार

विश्व हाप्किडो च्याम्पियनसिप