खेल

पलेशालाई नगदसहित सम्मान

गत महिना जापानमा सम्पन्न टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन मंगलबार नगदसहित सम्मानित भएकी छन्।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवम् सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्वघोषित पुरस्कारबापत मंगलबार पलेशालाई एक लाख नगदसहित सम्मानित गरेका हुन्। ललितपुरस्थित सुमेरु ग्रुपमा एक कार्यक्रमको आयोजना गर्दै महर्जनले पलेशालाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे। टोकियो पारालम्पिकमा पलेशाले २ खेल जितेकी थिइन्। मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी थिइन्। त्यसपछि रिपाचेजमा अवसर पाएकी पलेशा पदकनजिक पुगेर पनि चुकिन्।  

रिपाचेजको पहिलो खेलमा अमेरिकाकी विश्व नम्बर तीन ब्रियान्ना सालिनारो र दोस्रो खेलमा सर्बियाकी मारिजा मिसेभमाथि जित निकाल्दै उनी कांस्य पदकनजिक पुगिन्। तर, कांस्यका लागि भएको भिडन्तमा भने उनी विश्व नम्बर दुई चीनकी युजी लीसँग अन्तिम समयमा चुकेकी थिइन्।

प्रकाशित: ६ आश्विन २०७८ ०१:२१ बुधबार

पलेशालाई नगदसहित सम्मान नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवम् सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन श्व नम्बर दुई चीनकी युजी ली रिपाचेजको पहिलो खेल