खेल

वडा–१० लाई सफलता

वडा–१० ले नवौं कीर्तिपुर नगरव्यापी अन्तरवडा पुरुष/महिला बास्केटबल प्रतियोगिताको महिलामा जित हात पारेको छ।  

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा वडा– १० ले वडा–२ लाई ४७–२३ ले पराजित गर्‍यो। विजयी टिमका लागि प्रेडिका महर्जनले १७ अंक जोडिन्। 

कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा वडा–३ र वडा १० ‘ए’ ले सफलता पाए। वडा–३ ले वडा–६ लाई ५६–३३ ले हरायो। वडा–३ को जितमा अनिल शाहीले २० अंक योगदान गरे। निश्चल महर्जनको २८ अंक सहयोगमा वडा–१० ‘ए’ ले वडा–२ लाई ५१–४३ ले हराए।

प्रकाशित: ३० भाद्र २०७८ ०३:१० बुधबार