नेपाल र भारतबीच बिहीबार भएको मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरी भएको छ। खेलको ३६ औं मिनेटमा भारतविरुद्ध नेपालका लागि अञ्जन विष्टले ले पहिलो गोल गरेका थिए।
खेलको ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल गरेका थिए। यसरी खेल बराबरीमा टुंगिएको छ। अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ ५ः ३० बजे दशरथ रंगशालामै हुनेछ।
प्रकाशित: १७ भाद्र २०७८ १३:४९ बिहीबार