खेल

एन्फा विवाद: प्रशिक्षक र उपाध्यक्षले दिए २ घण्टा बयान

राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको विवाद समाधान समितिमा मुख्य प्रशिक्षक र उपाध्यक्षले आज बयान दिएका छन्।

विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठिन छानविन समितिमा प्रशिक्षक घटनासँग सम्बन्धित रहेर बयान दिएका हुन। करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफू छानबिन समितिको अनुसन्धानसँग सकारात्मक भएको छोटो प्रतिक्रिया दिए।

प्रशिक्षक अल्मुताइरीले नेम्वाङको नाम जोडेपछि विवाद सतहमा आएको हो। जसमा प्रशिक्षकले उपाध्यक्षका कारण रहेको बताएका थिए। विवाद उत्कर्षमा पुगेपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपको छानविन समितिले छानविन प्रक्रिया अगाडि बढाएको हो। छानविनका लागि आजै उपाध्यक्ष पंकज विक्रम नेम्वाङले करिब डेढ घण्टा बयान दिएका थिए।

समितिले यस अघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्व प्रवक्ता किरण राई सँग पनि बयान लिएको थियो। उपाध्यक्षलाई अन्याय भएको र विवाद समाधान गर्न तेस्रो पक्षलाई जिम्मा दिनु गलत नजिर भएको भन्दै प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका थिए। 

यस अघि एन्फा विवाद समाधानका लागि एन्फा आकस्मिक कार्यसमितिले छानविन गर्न खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो। मन्त्रालयको निर्देशनअनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखे संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो। र समितिलाई ७ दिनभित्र छानविन प्रतिवेदन बुझाउन निर्देशन खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो। 

प्रकाशित: २९ श्रावण २०७८ ०६:२७ शुक्रबार

अखिल नेपाल फुटबल संघ राष्ट्रिय फुटबल टीम अबदुल्लाह अलमुताइ