खेल

अजिज चितवन टाइगर्समा

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेटमा पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेटर डानिस अजिज चितवन टाइगर्सबाट खेल्ने भएका छन्। फ्रेन्चाइज टोलीमध्येको एक टोली चितवन टाइगर्सले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पहिलो विदेशी खेलाडीका रूपमा पाकिस्तानी क्रिकेटर अजिजलाई अनुबन्धित गरेको जनाएको हो।

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको चितवनका लागि अजिज पहिलो अन्तर्राष्ट्रिय खेलाडीसमेत भएका छन्। बायाँहाते ब्याट्सम्यान अजिजले यसै वर्ष पाकिस्तानबाट दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेलेर एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।

२५ वर्षे अजिज नेसनल टी ट्वान्टी कपमा असाधारण प्रदर्शन गर्दै चर्चा कमाएका थिए। सिन्धबाट प्रतियोगितामा खेल्दा अजिजले ९ खेलमा २ सय २० रन बनाएका थिए, जसमा दुई अर्धशतकीय इनिङ उनको नाममा रहेको छ। २०२१ को पाकिस्तान सुपर लिग (पिसिएल) मा उनले कराची किङ्सबाट खेलेका थिए। चौथो संस्करणको इपिएल क्रिकेट असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुँदै छ।  

प्रकाशित: २५ श्रावण २०७८ ०१:१७ सोमबार

चितवन टाइगर्स अन्तर्राष्ट्रिय खेलाडी २५ वर्षे अजिज नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी