जमैकाले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १ सय मिटरमा क्लिन स्विप गर्दा इलिअनी थोम्सन–हेयराले ओलम्पिक कीर्तिमान रचेकी छिन्।
साबिककी विजेता थोम्सन–हेयराले शनिबारको फाइनलमा निर्धारित दूरी १०.६१ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जित्दै अमेरिकाकी फ्लोरेन्स ग्रेफित जोयनरको नाममा रहेको ओलम्पिक कीर्तिमान तोडेकी हुन्।
यसअघि अमेरिकाकी फ्लोरेन्स ग्रेफित जोयनरले सन् १९८८ को सियोल ओलम्पिकमा १०.६२ सेकेन्डमा दौड पूरा गर्दै ओलम्पिक कीर्तिमान रचेकी थिइन्। यद्यपि थोम्सन–हेयराले अमेरिकाकी फ्लोरेन्स ग्रेफित जोयनरको नाममा रहेको १०.४९ सेकेन्डको विश्वकीर्तिमान तोड्न भने सफल भइनन्। यसअघि थोम्सन–हेयराले सन् २०१६ को रियो ओलम्पिकमा महिला १ सय मिटरमै स्वर्ण जित्ने क्रममा १०.७० सेकेन्ड खर्चिएकी थिइन्।
यता रजत पदक विजेता जमैकाकी सेल्ली एन फ्रासर प्राइसले निर्धारित दूरी पूरा गर्न १०.७४ सेकेन्ड खर्चंदा कांस्य पदक विजेता जमैकाकी सेरिका ज्याक्सन प्राइसभन्दा २ सेकेन्डले पछि रहिन्।
प्रकाशित: १७ श्रावण २०७८ ०३:२७ आइतबार