खेल

महिला टोलीको प्रशिक्षण सुरु

 एएफसी महिला एसिया कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीले सोमबारबाट बन्द प्रशिक्षण सुरु गरेको छ। 

मुख्य प्रशिक्षक ग्यारी फिलिप्स हाल अस्ट्रेलियामै रहेका कारण उनको अनुपस्थितिमा सहायक प्रशिक्षक चेतन घिमिरेले टोलीको प्रशिक्षण सम्हाल्नेछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत साता ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको थियो। उक्त टोलीमा दुई खेलाडी परिवर्तन भएका छन्। 

त्रिभुवन आर्मी क्लबकी कविता धिमाल र सुनीता चौधरीको स्थानमा अञ्जली वाइबा र हेमा चौधरीलाई समावेश गरिएको हो। नेपालले समूह ‘एफ’ मा फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। छनोट चरणमा सहभागी २८ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।

 प्रत्येक समूहको विजेताले आगामी वर्प भारतमा आयोजना हुने एएफसी महिला एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुनेछ। 

प्रकाशित: ५ श्रावण २०७८ ०२:३६ मंगलबार

महिला टोली प्रशिक्षण सुरु