खेल

हेटमायरको आक्रामक ब्याटिङ

सिमरन हेटमायरको प्रेरणाबाट वेस्ट इन्डिजले दोस्रो ट्वान्टी–२० क्रिकेटमा पाहुना टोली अस्ट्रेलियामाथि ५६ रनको जित निकाल्दै शृंखलामा २–० को अग्रता बनाएको छ।

सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा भएको खेलमा हेटमायरको आक्रामक अर्धशतकीय प्रेरणाबाट वेस्ट इन्डिजले अस्ट्रेलियामाथि फराकिलो जित निकाल्दै पाँच खेलको शृंखलामा २–० को अग्रता निकालेको हो । हेटमायरले आक्रामक ब्याटिङ प्रेरणाबाट वेस्ट इन्डिजले चार विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो।

हेटमायरले ३६ बलमा ६१ रन बनाउँदा दुई चौका र चार छक्का हिर्काए । उनले भेट्रान अलराउन्डर ड्वाने ब्राभोको पनि बलियो साथ पाए । जसको मद्दतमा यो जोडीले चौथो विकेटका लागि ४७ बलमा १ सय ३ रनको बलियो साझेदारी गरेका थिए।

त्यसपछि आन्द्रे रसेलले ८ बलमै नटआउट २४ रनको आक्रामक इनिङ खेलेपछि अस्ट्रेलिया निकै दबाबमा प¥यो। जबाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाको सुरुआत पनि राम्रो हुन सकेन। 

अस्ट्रेलियाले आफ्नो इनिङको दोस्रो बलमा नै ओपनर म्याथ्यु वेडलाई गुमायो। दोस्रो खेलमा पनि मिचेल मार्सले अर्धशतक बनाए पनि अस्ट्रेलियन इनिङ १ सय ४० रनमै खुम्चिन पुग्यो। अस्ट्रेलियाले अन्तिम सात विकेट गुमाउँदा ३९ रन बटुल्यो, जहाँ उसका ब्याट्सम्यानले लगातार गैरजिम्मेवारीपूर्वक ब्याटिङ गरेका थिए। लेग स्पिनर हेडेन वाल्सले तीन विकेट लिँदै पाहुना टोलीको इनिङलाई कमजोर बनाए।

पछिल्ला सात ट्वान्टी–२० खेलमा लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले छैटौं पटक हार बेहो¥यो । यस शृंखलाको पहिलो खेलमा पनि ब्याटिङमा संघर्ष गरेको अस्ट्रेलियाले दोस्रो खेलमा पनि निरन्तरता दियो। यता, वेस्ट इन्डिजले रन बटुल्ने गतिलाई कायमै राखेको छ, जसमा हेटमायर र ब्राभोको साझेदारीले पनि साथ पाएको छ। ‘सम्भवः यो फरम्याटमा मैले खेलेको सबैभन्दा उत्कृष्ट इनिङमध्ये आजको खेल थियो। 

यसमा विशेषतः ड्वाने ब्राभोको भूमिका र मार्गदर्शन छ,’ हेटमायरले भने, ‘मैले स्वतन्त्र रूपमा ब्याटिङ गर्ने वातावरण उनले सिर्जना गरिदिए। जसका कारण पनि इनिङमा सहजता मिल्यो।’ फिन्चले दायाँ र बायाँ हाते ब्याटिङ संयोजन तोड्न आफ्ना बलर असफल भएको स्वीकार गरे। ‘हेटमायर र ब्राभोबीचको साझेदारीले नै खेलमा फरक पा¥यो,’ अस्ट्रेलियाका कप्तान आरोन फिन्चले भने,‘दुवै ओपनरलाई छिट्टै गुमाएपछि पक्कै पनि खेलमा दबाब पर्ने गर्छ। त्यसको दबाब मध्यम अर्डरलाई पनि पर्ने गर्छ।’

 

प्रकाशित: २८ असार २०७८ ०४:३२ सोमबार

आक्रामक ब्याटिङ