खेल

युरो कप २०२० का एघार रंगशाला

कोभिड १९ महामारीका कारण एक वर्षपछि धकेलिएको युरो कप २०२० शनिबार इटाली र टर्कीबीच स्टाडियो ओलम्पिको रंगशालामा हुने खेलसँगै सुरुआत हुँदै छ।  

सन् १९६० मा फ्रान्सबाट सुरु भएको युरो कपको यो १६औं संस्करण हो। प्रतियोगिता आयोजनाको ६० वर्ष पूरा भएको उपलक्ष्यमा यस पटकको युरो कप विभिन्न ११ राष्ट्रका ११ सहरमा आयोजना हुँदै छ। यस पटक लन्डन, बाकु, बुखारेस्ट, बुडापेस्ट, कोपेनहेगन, ग्लास्गो, म्युनिख, रोम, सेन्ट पिटर्सबर्ग, बुखारेस्ट, म्युनिख र आम्स्टर्डममा आयोजना हुँदै छ। प्रतियोगिता आयोजना हुने ११ रंगशाला यस प्रकारका छन्। युरो कप २०२० मा कोभिड–१९ का कारण रंगशालामा सीमित दर्शकले मात्र खेल हेर्न पाउनेछन्।  

१.वेम्बली रंगशाला (लन्डन, इङ्ल्यान्ड)

लन्डनस्थित वेम्बली रंगशलामा युरो कप २०२० का समूह चरणका तीन, अन्तिम १६ का दुई, दुवै सेमिफाइनल र फाइनल गरी कुल ८ खेल हुनेछ। यस रंगशालामा समूह ‘डी’ का तीन खेल हुनेछन्। सन् २००७ मा स्थापना भएको वेम्बली रंगशालाको दर्शक क्षमता ९० हजार रहेको छ।  

२.स्टाडियो ओलम्पिको रंगशाला (रोम, इटाली)

रोमस्थित स्टाडियो रंगशालामा युरो कप २०२० को इटाली र टर्कीबीचको उद्घाटन खेल हुनेछ। त्यस्तै यही रंगशालामा समूह चरणअन्तर्गत समूह ‘ए’ का अन्य दुई खेल र एक क्वार्टरफाइनल गरी ४ खेल सम्पन्न गर्नेछ। सन् १९५३ मा स्थापना भएको स्टाडियो ओलम्पिकोको दर्शक क्षमता ७३ हजार रहेको छ।

३.एलिनाज एरेना (म्युनिख,जर्मनी)

म्युनिखस्थित एलिनाज एरेनामा युरो कप २०२० अन्तर्गत समूह चरणका ३ र एक क्वार्टरफाइनल गरी कुल ४ खेल आयोजना हुनेछ। यस रंगशालमा समूह ‘एफ’ का तीन खेल हुनेछन्। सन् २००५ मा स्थापना भएको एलिनाज एरेना रंगशालाको दर्शक क्षमता ७५ हजार रहेको छ।

४. बाकु ओलम्पिक स्टेडियम (बाकु, अजरबैजान)

बाकुस्थित बाकु ओलम्पिक स्टेडियमा समूह ‘एक’ का तीन र एक क्वार्टरफाइनलका खेल गरी युरो कप २०२० का ४ खेल आयोजना हुनेछ। सन् २०१५ मा स्थापना भएको यस रंगशालाको दर्शक क्षमता ६५ हजार रहेको छ।

५ सेन्ट पिटर्सबर्ग रंगशाला (सेन्ट पिटर्सबर्ग, रूस)

५६ हजार दर्शक क्षमता रहेको सेन्ट पिटर्सबर्ग रंगशालामा युरो कप २०२० का समूह चरणका दुई समूहका समान तीन र एक क्वार्टरफाइनल गरी ७ खेल आयोजना हुनेछ। यहाँ समूह ‘बी’ र समूह ‘ई’ का समान तीन खेल हुनेछ। यो रंगशाला सन् २०१७ मा स्थापना भएको थियो।

६.पुस्कास एरिना (बुडापेस्ट, हंगेरी)

बुडापेस्टस्थित पुस्कास रंगशालामा युरो कप २०२० का समूह ‘एफ’ का तीन र अन्तिम १६ को एक गरी ४ खेल आयोजना हुँदै छ। सन् २०१९ मा स्थापना भएको यस रंगशालाको दर्शक क्षमता ६८ हजार रहेको छ।

७. नेस्नल एरेना (बुखारेस्ट, रोमानिया)

बुखारेस्टस्थित नेस्नल एरेनामा समूह ‘सी’ का तीन र अन्तिम १६ को एक गरी ४ खेल आयोजना हुँदै छन्। सन् २०११ मा स्थापना भएको यस रंगशालाको दर्शक क्षमता ५६ हजार रहेको छ।  

८.योहान क्रुफ एरेना (आम्स्टर्डम, नेदरल्यान्ड्स)

५४ हजार दर्शक क्षमता रहेको आम्स्टर्डमस्थित योहान क्रुफ रंगशालामा युरो कप २०२० का समूह ‘सी’ का तीन र अन्तिम १६ को एक खेल आयोजना हुँदै छ। यो रंगशाला १९९६ मा स्थापना भएको थियो।

९. ला कार्टुजा स्टेडियम (सेभिया, स्पेन)

स्पेनको सेभियास्थित ला कार्टुजा स्टेडियमले युरो कप २०२० का समूह ‘ई’ का तीन र अन्तिम १६ का एक गरी ४ खेलको आयोजना गर्दै छ। ६० हजार दर्शक क्षमता भएको यस रंगशाला सन् १९९९ मा स्थापना भएको थियो।

१०. हाम्पडेन पार्क (ग्लास्गो, स्कटल्यान्ड)

५२ हजार दर्शक क्षमता रहेको ग्लास्गोस्थित हाम्पडेन पार्कमा युरो कप २०२० का समूह ‘डी’ का तीन र अन्तिम १६ का एक गरी ४ खेलको आयोजना गर्दै छ। यो रंगशाला सन् १९०३ मा स्थापना भएको थियो।

११.पारकेन (कोपेनहेगन, डेनमार्क)

३८ हजार दर्शक क्षमता भएको कोपेनहेगनस्थित पारकेन रंगशाला युरो कप २०२० को आयोजना हुने सबैभन्दा सानो रंगशाला हो। यस रंगशालामा युरो कप २०२० को समूह ‘बी’ का तीन र अन्तिम १६ कोे एक खेल गरी ४ खेल आयोजना हुँदै छ। यो रंगशाला सन् १९९२ मा स्थापना भएको थियो।

प्रकाशित: २८ जेष्ठ २०७८ ०२:५१ शुक्रबार

युरो कप २०२० एघार रंगशाला