खेल

प्रिमियर लिग: सिटीको उपाधि यात्रा बलियो

शीर्ष स्थानको म्यानचेस्टर सिटीले प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि शनिबार २–० को जित निकाल्दा उपाधि यात्रालाई मजबुत बनाएको छ। क्रिस्टल प्यालेसको मैदानमा सम्पन्न खेलमा सिटीले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा आक्रामक खेल्दै नतिजा आफ्नो पक्षमा निकालेको हो। 

५७औं मिनेटमा सर्जियो एग्वोरोले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। अग्रता निकालेको दुई मिनेट पछि नै फेरान टोरेसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। त्यसपछि घरेलु टोलीले अग्रता छोट्याउने प्रयास गर्दै काउन्टर अट्याक बुने पनि सफल हुन सकेन र सिटी यस सिजनको प्रिमियर लिगमा २५औं जित निकाल्न सफल भयो। जितसँगै सिटीले ३४ खेलबाट ८० अंक जोड्दै अंकतालिकामा शीर्षता कायम राखेको छ। उता पराजित क्रिस्टल प्यालेसको ३३ खेलबाट ३८ अंक छ।  

क्रिस्टल अकंतालिकाको १३औं स्थानमा छ। प्रिमियर लिगअन्तर्गत १४औं स्थानमा रहेको साउथह्याम्पटनसँग १–१ गोलको बराबरी खेल्दै तेस्रो स्थानको लेस्टर सिटीले शुक्रबार दोस्रो स्थानको युनाइटेडसँग अंक दूरी घटाउने मौका गुमाएको छ। १० खेलाडीमा सीमित साउथह्याम्पटनविरुद्ध लेस्टरले फाइदा उठाउन नसक्दा अंक बाँडेको हो। १०औं मिनेटमा जनिक भेस्टरगार्डले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि साउथह्याम्पटन दश खेलाडीमा सीमित भएको थियो। 

जेम्स भार्डीमाथि खराब फाउल गरेपछि रेफ्रिले भेस्टरउनलाई रातो कार्डको दर्शन गराएका थिए।त्यसपछि एक खेलाडी कम भए पनि साउथह्याम्पटनले घरेलु मैदानको फाइदा उठाउँदै लेस्टरलाई दबाबमा राख्यो। यद्यपि, पहिलो हाफमा दुवै टोली गोलरहित बराबरी रोकिए। दोस्रो हाफमा घरेलु टोलीले आक्रामक खेल देखायो। ६१औं मिनेटमा जेम्स वार्ड पोसेले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए। जेस्स वार्डले पेनाल्टीमा गोल गर्दै साउथह्याम्पटनलाई १–० को अग्रता दिलाए। तर, खेलको ६८औं मिनेटमा जोनी इभान्सले गोल गर्दै लेस्टरलाई १–१  

गोलको बराबरीमा फर्काए। त्यसपछिको बाँकी सयममा थप गोल हुन सकेन र लेस्टर अंक बाँड्न बाध्य बन्यो। ब्रेन्डन  रोजर्सको टोली लेस्टर चौथो स्थानमा छ। आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्य राखेको लेस्टरको अब लिगमा चार खेल खेल्न बाँकी छ। ‘बराबरी नतिजाले स्थान सुरक्षित गर्न अझै कठिन नै छ। १० खेलाडीमा सीमित भएको अवस्थामा पनि हामीले फाइदा उठाउन सकेनौं,’ लेस्टरका प्रशिक्षक बे्रन्डनले भने, ‘साउथह्याम्पटनले राम्रो खेल देखायो। एक खेलाडी कमी भए पनि सम्हालिएको खेल देखाउँदै दबाब दिन सक्यो र अग्रता पनि लियो। तथापि, हामी गोल फर्काउँदै हारबाट जोगियौं।’ बराबरीसँगै लेस्टर ३४ खेलबाट ६३ अंकसहित तेस्रो स्थानमा छ। साउथह्याम्पटन भने ३७ अंक जोडेर १४औं स्थानमा छ। ३४ खेलबाट म्यानचेस्टर युनाइटेडले ६७ अंक जोडेको छ।

प्रकाशित: १९ वैशाख २०७८ ०६:०३ आइतबार

प्रिमियर लिग