खेल

नम्रता र विवेक छात्रा–छात्र पाँचकिमी दौड च्याम्पियन

क्याप्शन

भुतपुर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालित ५ किलोमिटर दौड छात्र तर्फ माछापुच्छ«े गाँउपालिका लाहाचोकस्थित ज्ञानज्योति बोर्डिङ स्कुलमा अध्ययनरत विवेक परियारले जितेका छन् । छात्रा तर्फको प्रतिस्पर्धामा भने भानु मावि तनहुँमा अध्ययनरत छात्रा नम्रता गुरुङले जित्न सफल भईन् । विवेकले दौड २१ मिनेट ५२.३० सेकेण्डमा पुरा गरेका थिए । नम्राता दौडलाई २८ मिनेट १०.१ सेकेण्डमा पुरा गरिन ।  

विजेता दुवैले नगद १०–१० हजारका साथमा मेडल, प्रमाणपत्र र मायाँको चिनो प्राप्त गरे ।त्यसै गरी पदमोदय मोडल सेकेण्डरी स्कुल दाङका छात्र गृष राना मगरले २२ मिनेट ०२. ५० सेकेण्डमा पुरा गर्दै दोश्रो भएका छन । श्री ज्योती मावी नवलपरासीका आशिष पोखरेल २२ मिनेट २२.३० सेकेण्डमा पुरा गर्दै तेश्रो भएका छन ।  

यता छात्रातर्फ पदमोदय मोडल सेकेण्डरी स्कुल दाङ घोराहीकी बन्दना चौधरीले ३० मिनेट १२.२० सेकेण्डमा पुरा गर्दै दोश्रो भइन भने उदय मावी धम्पुस माछापुच्छ्रेकी बिनु बिक ३१ मिनेट ४८.२० सेकेण्डमा दोड पुरा गर्दै तेश्रो भइन । प्रतियोगितामा दोश्रो र तेश्रो हुनेले धावकले क्रमश जनही नगद ७ र ४ हजारका साथम मेडल, प्रमाण र मायाको चिनो प्राप्त गरेका छन ।  

बिजयी खेलाडीहरुलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, गैर आवाशिय नेपाली संघ यूकेका प्रमुख संरक्षक मेजर डम्वर घले ‘एम भि ओ’, सहारा यूकेका पूर्व अध्यक्ष दिलिप गुरुङ प्रतियोगिताका संयोजक हरिप्रसाद पराजुली, महासचिव खेम गुरुङ लगायतले नगद, मेडल, प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए ।  

दौडमा सहभागी सबैभन्दा कम उमेरका २ जना खेलाडीहरुलाई भुम्दीकोट समाजले प्रोत्सहान स्वरुप नगद १–१ हजार प्रदान गरेको छ । प्रतियोगितामा ७ वर्ष देखि १६ वर्ष उमेर समुहका खेलाडीहरुको सहभागिता रहेको थियो । कार्यक्रम मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङको अध्यक्षतामा भएको थियो । सफल दुधको मुख्य प्रायोजनमा आयोजना गरिएको थियो ।  

प्रकाशित: ४ वैशाख २०७८ ०८:२९ शनिबार

५ किलोमिटर दौड