खेल

एकइनिङ अगावै कास्की हरियोको ३२ रनको जित

यु–१९ दुईदिवसीय क्रिकेट सिरिज

पोखरामा आयोजित दुई दिवसीय यु–१९ क्रिकेट टेष्ट सिरिज अन्तर्गत कास्की रातोलाई कास्की हरियोले एक इनिङ अगावै ३२ रनले जित निकाल्यो ।  शुक्रबार कास्की हरियोले १२६ रनबाट खेल्न शुरु गरेको थियो । शनिबार ९ विकेटको क्षतिमा १७८ रन बनायो । ९ विकेट गुमाएपछि कास्की हरियोले आफनो पारीको घोषणा गर्यो । १०० रनले पछि परेको कास्की रातोले आफनो दोस्रो इनिङमा उत्कृष्ट प्रदर्शन गर्न भने सकेन् ।  

१०० रनले पछि परेको कास्की रातो ६८ रनमै समेटियो । दोस्रो इनिङमा ६८ रन बनाई आउट हुदाँ कास्की हरियोका कप्तान सुवास भण्डारीले ६ विकेट लिए । उनले आफनो इनिङमा ६० रन बनाए । पहिलो दिन उनी व्यक्तिगत ४४ रनमा नटआउट थिए । प्रमेद बास्तोलाले २० रन नटआउटमा रहे ।  

दोस्रो इनिङमा कास्की रातोका विकास अधिकारीले सर्वाधिक २२ रनको योगदान दिए । अन्य व्याट्सम्यान भने सस्तैमा पभेलियन फर्किए । हरियोले भने आफनो दोस्रो इनिङ शुरु नै गरेन् । भण्डारीलेृ ६ विकेट लिदाँ निश्चल भुषालले ३ विकेट लिएका थिए ।  

कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजनमा पोखराको क्रिकेट इतिहासमै पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट टेष्ट सिरिज शुरु भएको हो । कास्की, तनहँु, बाग्लुङ, स्याङजा र नवलपुरबाट खेलाडी छनोट गरी तीन टिम तयार गरिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । बैशाख १ गतेसम्म प्रतियोगिता चल्ने छ । प्रतियोगिताको व्यवस्थापन भने कास्की क्रिकेट क्लबले गरेको छ । विजेता टिमले च्याम्पियन ट्रफी प्राप्त गर्ने छ । आईतबार कास्की हरियो र निलो बीच प्रतिस्पर्धा हुने छ । 

प्रकाशित: २८ चैत्र २०७७ ०८:४९ शनिबार

यु–१९ दुईदिवसीय क्रिकेट सिरिज