लुम्बिनी प्रदेश प्रथम राष्ट्रिय पेन्केक सिलात मार्सल आर्ट प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ।
बर्दिया जिल्ला पेन्केक सिलात मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा लुम्बिनीले ५ स्वर्ण, ५ रजत १ कांस्य जित्यो। आयोजक ५ स्वर्ण, १ रजत र २ कांस्यसाथ दोस्रो भयो। १ स्वर्ण, १ रजत र २ कांस्य जितेको सुदूरपश्चिम प्रदेशले तेस्रो स्थानमा चित्त बुझायो। पुरुषमा मदन बस्नेत र महिलामा एन्जिला ऐडी उत्कृष्ट खेलाडी चुनिए। उत्कृष्टद्वय लुम्बिनी प्रदेशका हुन्। बारबर्दिया नगरपालिकाको धामपुरमा सम्पन्न प्रतियोगताको पुरुष ४५ केजीमा लुम्बिनीका मदन बस्नेतले स्वर्ण जिते।
५० केजीमा सुदूरपश्चिमका राजन बानियाँ फाइनलमा लुम्बिनीका रत्न सहकारीलाई हराउँदै पहिलो भए। ६० केजीमा आयोजकका नवीन नेपालले शीर्ष स्थान हात पारे। त्यस्तै महिला ४० केजीमा आयोजककी लजु चौधरीले लुम्बिनीकी एन्जिा ऐडी, ४५ केजीमा आयोजककी रितु चौधरीले लुम्बिनीकी मनीषा कठायत, ५० केजीमा लुम्बिनीकी संगीना रावतले कर्णालीकी सरु श्रेष्ठ तथा ५५ केजीमा लुम्बिनीकी आचल बुढा मगरले आयोजककी संगीता गिरीलाई पराजित गर्दै स्वर्ण जिते।
त्यसअघि टुंगल (काता) को पुरुषमा आयोजकका गोविन्द चौधरी र महिलामा आयोजककै लजु चौधरी पहिलो भएका थिए। पुरुष ४० केजीमा आयोजकका नवीन नेपालीले स्वर्ण जितेका थिए। विजेतालाई बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु र उपमेयर अन्जु दहितलगायतले पुरस्कार वितरण गरे।
प्रकाशित: १ चैत्र २०७७ ०५:२९ आइतबार