खेल

जनकपुरलाई पोखरामा टी–२० क्रिकेट उपाधि

पोखरामा आयोजित सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट लिगको उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ । पोखरा रंगशालामा भएको फाईनल खेलमा चितवन क्रिकेट संघलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचाल्यो ।  

के.एन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको फाईनल खेलमा पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको चितवन कमजोर प्रदर्शन गर्यो । जनकपुरका बलरसामु चितवनको व्याटिङ चल्नै सकेन् । केवल ७२ रनमा समेटिन पुग्यो । चितवनका रोविन शर्माले सर्वाधिक १५ रनको योगदान दिए । संघर्ष पौडेलले पनि १२ रनको पारी खेले । अन्य व्याट्सम्यानले भने दोहोरो अंकको रन बनाउनबाट चुके । जनकपुरका बलरहरु रुपेश यादव, शोभाकान्त पौडेल र विशाल सुस्लिङले समान २÷२ विकेट लिए ।  

७३ रनको झिनो लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै उपाधि आफनो नाममा लेखायो । अकबर अलीले ३२ रनमा अभिजित रहँदै जितको बाटो देखाए । शोभाकान्त पाण्डेले १५ रनको योगदान रह्यो । चितवनका संघर्ष पौडेलले पनि ३ विकेट लिन सफल भए ।  

फागुन १७ गतेदेखि पोखरा रंगशालामा आयोजित प्रतियोगितामा जनकपुरका राहुलप्रताप सिंह सर्वोत्कृष्ट खेलाडी घोषित भए । जनकपुरकै शोभाकान्त शोभाकान्त पाण्डे उत्कृष्ट बलर तथा चितवनका साकार ढकाल उत्कृष्ट व्याट्स्म्यान चुनिए । जितसंगै जनकपुरले नगद ५० हजार सहित ट्रफी प्राप्त ग¥यो । चितवनले उपविजेता ट्रफी थाप्यो ।  

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अली, नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतम, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सचिव दिपेन्द्र चन्द लगायतले पुरस्कार वितरण गरेका थिए ।  

प्रकाशित: २७ फाल्गुन २०७७ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App