खेल

वर्ष दिनपछि गल्फको मन्थ्ली मेडल

पुरस्कार विजेता गल्फरहरु । तस्बिरः उमेश पुन÷नागरिक

वर्ष दिनपछि पोखरामा गल्फ शुरु गरिएको छ । चैत ११ गतेदेखि कोरोना कहरसँगै लकडाउनपछि ठप्प भएको गल्फ शनिबार प्रतियोगिता शुरुभएसँगै कोर्षमा खेलाडीको चहलपहल बढ्न थालेको हो ।  

हिमालयन गल्फ कोर्षमा एक सातापछि बाह्रखरी गल्फ हुदैं छ । त्यसको पूर्वसन्ध्यामा हिमालयन गल्फ कोर्षले मन्थ्ली मेडल गर्दै कोर्षलाई पुरानै अवस्थामा फर्काउने प्रयास गरेको हो । गल्फ प्रतियोगिता नियमित नहुँदा ग्रीन भने मर्मतसम्भार गर्नुपर्ने बाध्यता छ । हिमालयन गल्फ कोर्षले वर्षायाममा पहिरोले समस्या बनाएको होल नं ८ र विजयपुर हाईड्रोपावरले बिगारेको होल नं ९ र १३ को मर्मत सम्भार गरेपछि खेल्न योग्य बनाईएको थियो ।  

ग्रीन मर्मत सम्भार गरेपछि कोर्षले झण्डै एक वर्षपछि मन्थ्ली मेडलको रुपमा प्रतियोगिता शुरु गर्दै आगामी ठूला प्रतियोगिताको लागि तयारी गरेको कोर्षका व्यवस्थापक भूबहादुर गुरुङ(भुवन)ले जनाए । उनले कोरोना कहरमा कोर्षको ग्रीन मर्मत सम्भारमै व्यस्त रहेको उल्लेख गरे । उनका अनुसार कोर्ष दुई महिना अघि देखि नै तयारी थालिएको थियो । मर्मत गर्न कोर्षले झण्डै १०÷१२ लाख रुपैयाँ खर्च गरिएको थियो ।  

१८ होलको प्रतिस्पर्धामा जनवरीको मन्थ्ली मेडलको उपाधि राजु थकालीले जिते । उनले लेभलपार ३६ खेले । दोस्रो स्थानमा ई.गोविन्द गौचन रहे । यसैगरी ग्रस तर्फको पुरस्कार भने लेफ्टिनेन्ट कर्णेल याम रानाले जिते । लङगेष्ट ड्राईभबाट ईन्ससपेक्टर जीवाराम गुरुङले पाए । क्लोज टु दि पिनको पुरस्कार भने बसन्त गौचनले प्राप्त गरे । प्रतिस्पर्धामा २२ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । 

प्रकाशित: १७ माघ २०७७ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App