खेल

बास्केटबल नै सबैथोक

लामै कालखण्ड प्रतिनिधित्व गरिरहेकी खेलाडी हुन्, बास्केटबलकी सदिना श्रेष्ठ। उनलाई नेपाली महिला बास्केटबलकी सक्कली अनुहार भन्दा हुन्छ। उनी अहिले ३० वर्षकी भइन्, उनले सक्रिय रूपमा बास्केटबल खेल्न थालेको १५ वर्षभन्दा बढी भइसकेको छ।  अझ उनी त अहिले राष्ट्रिय टिमकी कप्तानसमेत हुन्। उनकै नेतृत्वमा नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला बास्केटबलतर्फ रजत जितेको थियो। यो पनि यस्तो रजत पदक हो, जसको स्वर्णको हूलबीच पनि छुट्टै सान छ।  

अझ उल्लेखनीय पक्ष त के भन्दा नेपाली महिला टिमले सागमा खेलेको नै यो पहिलोपल्ट हो। फाइनलमा भने नेपाल भारतसंग रोकियो। त्यसमा पनि नेपाली महिला खेलाडीको अनुहारमा खुसी र गर्व नै थियो। हुन पनि, यो आफैंमा ऐतिहासिक पदक थियो, यसमा खुसी हुनुपर्ने अनेक कारण थिए।

तिनै सदिना यसपल्टको पल्सर स्पोर्ट्स अवार्ड २०७६ को लोकप्रिय विधाकी एक प्रत्याशी हुन्। झलक्क पहिलोपल्ट हेर्दा उनलाई विश्व टेनिसकी खेलाडीजस्ती लाग्छ, सुनौला लामा कपाल, पूर्णतः फिट शरीर। अनुहार पनि धपक्क बलेको। यी सुन्दरी खेलाडी कुनै सिनेमा खेल्ने पनि हक राख्छिन्। उनले यसका लागि प्रस्ताव नपाएको पनि होइन्, तर उनका लागि बास्केटबल नै सबथोक हो।

प्रकाशित: १४ पुस २०७७ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App