खेल

म्याराडोनाका चिकित्सकमाथि छानबिनको तयारी

अर्जेन्टिनी फुटबल लिजेन्ड डिएगो म्याराडोनाको निधन चिकित्सकको लापरबाहीले भएको भन्दै यससम्बन्धमा छानबिन गर्ने तयारी गरिएको छ। उनका सर्जन लियोपोल्डो लुुक्वीले आफूले कुनै गल्ती नगरेको र उनको ज्यान जोगाउन अन्तिम घडीसम्म हरसम्भव प्रयास गरेको प्रतिक्रिया दिएका छन्।

सान इसिड्रोका सरकारी अधिवक्ताहरूले लियोपोल्डो लुुक्वीमाथि छानबिन सुरु भइसकेको जनाउँदै आएका छन्। यता अर्जेन्टिनी टेलिभिजनहरूले पनि प्रहरीले चिकित्सकको शल्यक्रिया रिपोर्ट र लियोपोल्डो लुुक्वीकोे घर नियन्त्रणमा लिएको देखाएका थिए। म्याराडोनाका छोरीहरू डाल्मा, जियानिन्ना र जानाले उत्तरी ब्युनस आयर्सको ट्रिगेस्थित आफूहरूको घरमा आफ्ना बुबा मुटु रोगी भएको र हालै मात्र मस्तिस्कको शल्यक्रिया गरिए पनि उनले आवश्यक उपचार नपाएको आरोप लगाउँदै यससम्बन्धमा छानबिन गर्न माग गरेका थिए।  

म्याराडोनाको गत बुधबार हृदयाघातका कारण आफ्नै घरमा निधन भएको थियो। उनको मुत्युपछि अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको थियो। शुक्रबार उनको अन्तिम संस्कार गरिएको थियो। ‘क्लिनिकले उनलाई अन्य अस्पतालमा भए पनि केही दिन भर्ना गरिनुपर्ने बताएको थियो तर उनका छोरीहरूले म्याराडोनालाई डिस्चार्जका लागि हस्ताक्षर गर्दै घर लैजाने निर्णय गरेका थिए,’ एक पारिवारिक स्रोतले बताएको छ। यता लुुक्वीले भने आफूले कुनै गल्ती नगरेको दोहो¥याउँदै आएका छन्।

‘म न्युरो सर्जन हुँ। मैले अस्पतालमा उनको उपचार गरेको हुँ र मलाई  यसमा गर्व छ। मैले लुकाउनुपर्ने केही पनि छैन। तर मैले आज न्याय गुमाएको महसुस भइरहेको छ।’

‘तपाईंलाई मैले म्याराडोनाको निधनमा लापरबाही गरेजस्तो लाग्छ ?’ ३९ वर्षे लुुक्वीले भने, ‘मेरो गल्ती के थियो भने उनको हेरचाह गर्नु ? मैले उनलाई एक बिरामीको रूपमा भन्दा पनि बुबासरह हेरेको थिएँ। मैले उनको उपचारमा अन्तिम घडीसम्म हरसम्भव प्रयास गरेको थिएँ।’ साथै चिकित्सकले म्याराडोनाले सल्लाह नमानेको र लापारबाहीसमेत गरेको आरोप लगाउँदै भनेका छन्, ‘म्याराडोनाले पुनस्र्थापना केन्द्रमा जानुपर्ने थियो, यद्यपि उनले त्यो चाहेका थिएनन्।’ म्याराडोनालाई लिक्वीले अनियन्त्रित भनेर संज्ञा दिएका छन्। लुुक्वीले नोभेम्बर १२ मा म्याराडोना अस्पतालबाट घर फर्कंदा उनीसँगैको एक तस्बिर सामाजिक सन्जालमा पोस्ट गरेका थिए। मस्तिष्कमा रगत जमेपछि नोभेम्बर चारमा म्याराडोनाको शल्यक्रिया गरिएको थियो। त्यसयता म्याराडोना घरमै आराम गरिरहेका थिए।

‘म्याराडोनाको उचित हेरचाहका लागि थप केही दिन अस्पतालमै भर्ना गर्नुपर्ने थियो। तर उनी त्यस्तो चाहँदैनथे र उनले घर जाने निर्णय लिए। उनको निर्णयका अगाडि हाम्रो केही लागेन,’ लुुक्वीले भने, ‘उनी जिद्दी थिए, कसैको कुरा सुन्दैनथे।’ लुुक्वीले म्याराडोना मुटुको रोगी भएको र हालै मात्र मस्तिष्कको शल्यक्रियापछि घर फर्कंदा समेत उनको घरमा त्यससम्बन्धी कुनै तयारी नगरिएकोप्रति आश्चर्यसमेत प्रकट गरेका छन्। उनले म्याराडोना अस्पतालबाट घर फर्कंदा नै घरमा आइपर्ने कुनै समस्यामा अस्पताल जिम्मेवार नरहेको उल्लेख गरिएको समेत दाबी गरेका छन्।

‘म न्युरो सर्जन हुँ,’ लुक्वीले भने, ‘मैले अस्पतालमा उनको उपचार गरेको हुँ र मलाई  यसमा गर्व छ। मैले लुकाउनुपर्ने केही पनि छैन। तर मैले आज न्याय गुमाएको महसुस भैरहेको छ।’ म्याराडोनाका वकिल माटियास मोर्लाले म्याराडोनालाई हृदयाघात भएलगत्तै अस्पताललाई खबर गरिए पनि त्यसको आधा घण्टापछि मात्र एम्बुलेन्स उनको घरमा पुगेको दाबी गरेका छन्। लुुक्वीले म्याराडोनालाई जुनसुकै समयमा आकस्मिक उपचार गरिनुपर्ने भएकाले उनको घरमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको हुनुपर्ने भए पनि त्यसो नभएकोमा आश्चर्यमा परेको बताए।  

‘चिकित्सकले पनि बारम्बार म्याराडोनालाई जुनसुकै समयमा आकस्मिक उपचार गरिनुपर्ने भएकाले उनको घरमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिनुपर्ने बताएका थिए। तर विडम्बना त्यहाँ कुनै एम्बुलेन्स थिएन, यसमा को जिम्मेवार थिए ?,’लुक्वीले भने, ‘म्याराडोना चिन्तित थिए, उनी एकान्तमा बस्न चाहन्थे। यसको अर्थ उनी आफ्ना छोरीहरू तथा अन्य आफन्तलाई माया गर्दैनथे भन्ने होइन।’ यद्यपि म्याराडोनाको मृत्युपछि अस्पतालमा दिइएको पत्रमा भने उनको निधन, फोक्सोको समस्याका साथै हृदयाघातका कारण भएको उल्लेख गरिएको छ।

प्रकाशित: १६ मंसिर २०७७ ०३:३४ मंगलबार

म्याराडोनाका चिकित्सक छानबिनको तयारी