खेल

विराट कोहिलीको रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स प्लेअफमा

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सम्पन्न खेलमा विराट केहिली अनुबन्धीत रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स प्लेअफमा पुगेको छ।

दुबईको अबु धाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा दिल्लीले ६ विकेटको जित निकालेको हो। जितसँगै दिल्ली दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ।  

हारपछि बेङ्ग्लोरको टीम तेस्रो स्थानमा झरेको छ तर रनरेटको आधारमा बेङ्ग्लोर  ले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो।  

बेङ्ग्लोरका लागि कप्तान बिराट कोहली २९ रन बनाएका थिए। देबदत्त पाडिकलले सर्वाधिक ५० रन बनाए भने एबि डिभिलियर्सले ३५ रन बनाए। त्यस्तै, शिवन दुबे १७ र जोस फिलिपे १२ रनमा आउट भएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवन र अजिक्य रहाणे चम्किँदा १९ ओभर सकिँदा दिल्लीले लक्ष्य पुरा गरेको थियो। दिल्लीका लागि एनरिच नोर्टजेले ३ विकेट, कागिसो रबाडाले २ विकेट र रबिचन्द्रन अश्विनले १ विकेट लिए।

अजिक्य रहाणेले सर्वाधिक ६० रन बनाउँदा शिखर धवनले ५४ रन बनाएका थिए।

अब दिल्लीको टीमले क्वालिफाइडका लागि ५ नोभेम्वर अगाडि नै मुंबई इंडियन्ससँग खेल्नेछ।

प्रकाशित: १८ कार्तिक २०७७ ०२:०८ मंगलबार

इण्डियन प्रिमियर लिग रोयल च्यालेन्जर्स बेङ्ग्लोर दिल्ली क्यापिटल्स