खेल

इगा फाइनलमा

क्याप्शन

युवा स्टार इगा स्विटेक ८१ वर्षपछि फ्रेन्च ओपनको फाइनलमा पुग्ने पोल्यान्डकी पहिलो महिला खेलाडी बनेकी छन् । बिहीबारको सेमिफाइनलमा अर्जेन्टिनाकी क्वालिफायर नादिया पोडोरोस्कालाई ६–२ र ६–१ ले हराउँदै आफ्नो देशका लागि उक्त सफलता हासिल गरेकी हुन् । 

सन् १९३९ मा पोल्यान्डकी जाडविगा जेडर्जजोस्काले फ्रेन्च ओपनको फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेकी थिइनन् । इगाले शनिबार उपाधिका लागि दुई पटकको विम्बल्डन च्याम्पियन पेत्रा कभितोभा र अस्ट्रेलियन ओपन च्याम्पियन सोफिया केनिनबीचको विजेतासँग खेल्नेछिन् ।  

प्रकाशित: २३ आश्विन २०७७ ०३:४० शुक्रबार

फ्रेन्च ओपन इगा स्विटेक