खेल

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सकाे निधन

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डिन जोन्सको निधन भएको छ। ५९ वर्षीय जोन्सको हृदयघातका कारण मुम्बईमा निधन भएको हो। 

आइपिएलका लागि उनी मुम्बईमा थिए।  

स्टार इन्डियाले भनेको छ– ‘हामी दुःखसाथ भन्दैछौं कि डिन मेर्विन जोन्स एएम अब यो दुनियाँमा रहेनन्। हामी उनको परिवारप्रति समवेदना व्यक्त गर्दै सक्दो सहयोग गर्न तयार छौं। हामी अस्ट्रेलिया उच्चायोगसँग सम्पर्कमा छौं, आवश्यक व्यवस्था गरिरहेका छौं।’ 

स्टार इन्डियाका अनुसार डिन जोन्स आइपिएलका सबैभन्दा ठूला दूत थिए। उनी नयाँ प्रतिभा पत्तँ लगाउन र विकास गर्न सधैं अग्रणी थिए। उनी कमेन्ट्रीका एक विजेता थिए, उनको उपस्थिति र प्रस्तुतिले लाखौं प्रशंसकको मन जितेको थियो।  

प्रकाशित: ८ आश्विन २०७७ १२:०३ बिहीबार

आइपिएल