खेल

खेलग्राम बनाउन चाहने स्थानीय तहलाई ३५ दिनभित्र प्रस्ताव पेस गर्न सरकारकाे आह्वान

आर्थिक वर्ष ०७७/८८ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘एक स्थानीय तह एक खेलग्राम’ निर्माण अघि बढाउन युवा तथा खेलकुद मन्त्रालयले स्थानीय पालिकाहरूलाई प्रस्ताव पेस गर्न आह्वा न गरेको छ।  

गत वर्षदेखि ८४ वटा पालिकामा खेल पूर्वाधार निर्माण सुरु भइसकेको जानकारी दिँदै यस वर्ष थप ३० स्थानीय तहमा यो कार्यक्रम सुरु गरिने मन्त्रालयले  जनाएको छ।  

त्यसका लागि मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी इच्छुक पालिकालाई प्रक्रिया पुर्याई प्रस्ताव पेश गर्न आह्वान गरेको हो।  

प्रथमपटक सूचना प्रकाशन गरिएको मितिले ३५ दिनभित्र मन्त्रालयले पठाएको नमुना खेलग्रामको अवधारणाअनुसार प्रस्ताव पेस गर्न मन्त्रालयले भनेको हो।  

खेल पूर्वाधार निर्माणका लागि सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत लगानी व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ।  

प्रकाशित: ५ आश्विन २०७७ ०९:३३ सोमबार

स्थानीय तह युवा तथा खेलकुद मन्त्रालय