खेल

बैजनाथपुर रंगशाला बेवारिसे

विराटनगर–१९ स्थित निर्माणाधीन क्षेत्रीय रंगशाला संरक्षणको अभावमा अलपत्र परेको छ। विराटनगर– १९ बैजनाथपुरस्थित निर्माणाधीन क्षेत्रीय रंगशाला प्रदेशको मातहतमा आए पनि प्रदेशस्तरमा संरक्षण गर्ने निकाय नै नभएका कारण अलपत्र परेको हो।  

रंगशालाको संरक्षक नै नभएपछि निर्माण भएका पूर्वाधारहरू जीर्ण बन्दै गएका छन्। सातौं राष्ट्रिय खेलकुदका लागि निर्माण भएका संरचनाको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिँदा निर्माण भएका पूर्वाधार जीर्ण बनेका हुन्। रंगशालामा अन्तर्राष्ट्रिय स्तरका सुटिङ र सफ्ट टेनिस खेल खेलाउन सकिने पूर्वाधार निर्माण भए पनि ती पूर्वाधारको संरक्षण नहुँदा खिया लागेर जीर्ण बनेका छन्। कतियम संरचना भत्किसकेका छन्। रंगशाला गाईबस्तु चराउने  र घाँस काट्ने स्थानमा रूपान्तरित भएको छ।  

रंगशाला गाईबस्तु चराउने र घाँस काट्ने स्थानमा रूपान्तरित भएको छ। रंगशाला परिसरमा कतै धान खेती गरिएको छ भने मानिसहरू माछा मार्न व्यस्त देखिन्छन्।

रंगशाला परिसरमा कतै धान खेती गरिएको छ भने मानिसहरू माछा मार्न व्यस्त देखिन्छन्। रंगशालाको स्तरोन्नति  र निर्माण भएका संरचनाको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिएको विराटनगरका खेलाडी पारस चौधरीले बताए। ‘रंगशालाको संरक्षक नै नहुँदा कसले संरक्षण गर्ने भन्ने अन्योल रहेको छ,’ उनले भने। यता रंगशालाको संरक्षण र रेखदेख गर्दै आएको पूर्वाञ्चल खेलकुद विकास समितिले भने तीन तहको सरकार बनेपछि रंगशाला कसले हेर्ने भन्ने नै अन्योल रहेको जनाएको छ।  

बैजनाथपुर  रंगशाला प्रदेशको क्षेत्राधिकारभित्र परेको तर प्रदेशमा संरचना नै नभएका कारण संरक्षण गर्ने निकायको अभावमा रंगशालामा बनेका पूर्वाधार अलपत्र परेको पूर्वाञ्चल खेलकुद विकास परिषद्का कार्यालय प्रमुख चण्डिका बास्तोला बताउँछन् । उनले अहिलेसम्म अधिकारक्षेत्र नै स्पष्ट नभइसकेकाले केन्द्र, प्रदेश र स्थानीय तहमध्ये कसको अधिकार क्षेत्रभित्र रंगशाला पर्छ भन्ने निक्र्याेल भएपछि मात्रै रंगशाला संरक्षण हुने स्पष्ट पारे।  मुलुक संघीयतामा गएपछि अन्य क्षेत्रजस्तो खेलकुदमा पनि अन्योल कायमै छ। प्रदेश सरकारले खेलकुद सम्बन्धमा व्यवस्था गर्न ऐन निर्माण गरिसकेको  छ। तर, ऐन कार्यान्वयनका लागि नियमावली र प्रदेश स्तरमा आवश्यक संरचना निर्माण गर्न ढिलाइ गर्दा  प्रदेशमा निर्माण भएका र निर्माणाधीन खेलकुदका  पूर्वाधारको संरक्षमा समस्या भइरहेको  छ।

प्रकाशित: २ आश्विन २०७७ ०१:४४ शुक्रबार

बैजनाथपुर रंगशाला