खेल

नेसन्स लिग फुटबलः एम्बाप्पेको गोलमा फ्रान्स विजयी

यूइएफए नेसन्स लिगमा समूह सि मा रहेको विश्वकप विजेता फ्रान्सले विजयी सुरुआत गरेको छ। आइतबार बिहान सम्पन्न समूह सि को खेलमा फ्रान्सले स्वीडेनलाई १–० ले हराएको हो। प्रतिस्पर्धात्मक खेलमा केलियन एम्बाप्पेले ४१ औं मिनेटमा निर्णाएक गोल गर्दै जित दिलाएका हुन्।

 पेरिस सेन्ट जर्मेन (पीएसजी) का २१ बर्षिय फरवार्डले तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए। त्यस्तै इन्जुरी समयमा फ्रान्सले पेनाल्टीको अवसर पनि पाएको थियो। यद्यपि त्यसमा पेनिस क्लब बार्सिलोनाका स्ट्राइकरसमेत रहेका एन्टोनी ग्रिजमेन चुके।

 समूह सी मा फ्रान्स, स्वीडेन, पोर्चुगल र क्रोएसिया छन्। सबै टीम बलियो भएकोले यो समूहलाई ग्रुप अफ डेथ समेत भनिएको छ। जीतसंगै ३ अंक जोडेको फ्रान्स समूह सि को अंकतालिकामा दोष्रो स्थानमा छ। समान अंक बटुलेको पोर्चुगल गोल अन्तरका आधारमा पहिलो स्थानमा छ।

प्रकाशित: २१ भाद्र २०७७ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App