खेल

सन्दीप आवद्ध टीम जमैका पराजित

क्यारिबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा नेपाली राष्ट्रिय टीमका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टीम जमैका तलावाज पराजित भएको छ । आइतबार विहान सम्पन्न खेलमा जमैका प्रतियोगिताबाट बाहिरिसकेको डिफेन्डिङ च्याम्पिएन टीम बार्बाडोस ट्राइडेन्टसंग ७ विकेटले पराजित भएको हो। १६२ रनको विजयी लक्ष पछ्याएको बार्बाडोसले १८ दशमलव २ ओभरमा लक्ष पुरा गर्यो । उसका लगि  जेसन होल्डरले ६९ र जोनसन चाल्सले ४२ रनको पारि खले । जमैकाका लगि सन्दिप लामिछाने, वसियन थोमस र प्रिस्टन मोकयोले समान एक एक विकेट हात पारे ।  

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ज्यारमिन बल्याकवुडको ७४ र आन्द्रे रसेलको ५४ रनको मद्धतले १६१ रन बनाएको थियो । बलिङमा बार्बाडोसका रसिद खान, जेसन होल्डर, हेडेन वाल्स जुनियर र बिस्वपले एक एक विकेट लिए । अंकतालिकामा जमैका चार र बार्बाडोस पाँचौ स्थानमा छन् ।

जमैकाले हार बहेरे पनि सन्दीप लामिछानेको प्रर्दशन भने उत्कृष्टनै रह्यो । उनले ४ वभर बलिङ गरेर २६ रन खर्चिदै एक विकेट लिन सफल भए । सन्दीपले म्यान अफ दि म्याच भएका बिपरित टीमका कप्तान जेसन होल्डरलाई एलबिडब्लु आउट गरेका हुन् । हालसम्म ९ खेल खेलेका सन्दीप ११ विकेट लिँदै टप विकेट लिने खेलाडीको सूचीमा ५ नम्बरमा छन् । यो हारसंगै जमैकाले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेको टेबल टपर टीम र्टिनबागो नाइर्टाडसंग  प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित: २१ भाद्र २०७७ ०२:४३ आइतबार

क्यारिबियन प्रिमियर लिग सन्दीप लामिछाने