खेल

इङ्ल्यान्ड पाकिस्तान जान तयार

इयान वाट्मोर

इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डका अध्यक्ष इयान वाट्मोरले आफूहरू पाकिस्तानले सुरक्षा सुनिश्चितता गरे भ्रमण गर्न तयार रहेको बताएका छन् ।  

इङ्ल्यान्डले सन् २००५–६ बाट पाकिस्तान भ्रमण गरेको छैन । सन् २००९ मा श्रीलंकन टोलीमाथि लाहोरमा भएको आतंककारी हमलापछि पछिल्लो एक दशकमा कुनै पनि टोलीले पाकिस्तान भ्रमण गरेका थिएनन् । त्यसयता पाकिस्तानले युएईमा घरेलु शृंखला खेल्दै आएको छ । गत वर्ष जिम्बाब्वे र श्रीलंकाले भने सीमित ओभरको खेलका लागि पाकिस्तान भ्रमण गरेका थिए । तर त्यसयता अन्य टोलीले पाकिस्तान भ्रमणको तालिका सार्वजनिक गरे पनि इङ्ल्यान्डको भने सन् २०२२ अघि पाकिस्तान भ्रमणका कुनै तालिका सार्वजनिक भएको छैन । यद्यपि इङ्ल्यान्डका खेलाडीले पाकिस्तान सुपर लिगमा भने सहभागिता जनाइसकेका छन् ।  

पाकिस्तान र वेस्ट इन्डिज क्रिकेट बोर्डले आफूहरू आर्थिक संकटमा परे पनि इङ्ल्यान्ड क्रिकेट बोर्डले भ्रमण खर्च व्यहोर्ने जनाएसँगै इङ्ल्यान्ड भ्रमणमा निस्किएका थिए । कोरोना महामारीबीच यी दुई टोलीले इङ्ल्यान्ड भ्रमण गरेका हुन् । ‘पाकिस्तानमा क्रिकेट फर्किए त्यो हामी दुवै टोलीका लागि फाइदाजनक हुनेछ । पाकिस्तानले जितका साथ ३ ट्वान्टी–२० खेलको शृंखला १–१ को बराबरीमा टुंङ्ग्याएसँगै  

वाट्मोरले भने, ‘यदि पाकिस्ताने तत्काल कुनै शृंखलाका लागि हामीलाई निम्त्यायो भने हामी पक्कै पनि जानेछाैं । तर हामी भ्रमणका लागि सुरक्षा सुनिश्चितता चाहन्छाैं ।’

प्रकाशित: १८ भाद्र २०७७ ०१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App