खेल

अस्ट्रेलियाको जम्बो टोली इङ्ल्यान्डतर्फ

अस्ट्रेलियाली क्रिकेट टोलीका प्रशिक्षक जस्टिन ल्याङ्गरले आइतबार इङ्ल्यान्डका लागि प्रस्थान गर्नुअघि आफ्नो टोली एकदिवसीय र ट्वान्टी–२० क्रिकेट खेल्नका लागि सबै हिसाबले तयार र योग्य भएको बताएका छन्।  

अस्ट्रेलियन क्रिकेट टिम मार्चबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)  पछि  पहिलो पटक क्रिकेटमा फर्किएको छ। अस्ट्रेलियन टोली आइतबार मात्र इङ्ल्यान्डसँग शृंखला खेल्नका लािग प्रस्थान गरेको हो। २१ सदस्यीय टोली अस्ट्रेलियाको सहर पर्थमा भेला भएर सीधा फ्लाइटमार्फत इङ्ल्यान्ड प्रस्थान गरेको हो। इङ्ल्यान्ड पुग्नेबित्तिकै अस्ट्रेलियन टोली आइसोलेसनमा बस्ने जनाइएको छ।  

तोकिएको मापदण्ड पूरा गरेपछि मात्र अस्ट्रेलियन टोलीले अभ्यास गर्र्न अनुमति पाउने इङ्ल्यान्ड क्रिकेट बोर्डले यसअघि नै सूचना दिएको थियो। सोहीअनुसार आइसोलेसनमा रहँदा अस्ट्रेलियन टोलीले विभिन्न चार समूह बनाएर सामान्य अभ्यास गर्ने बताइएको छ। ६ महिनादेखि खेलमा फर्किन नपाएको टोलीले महामारीपछि पहिलो पटक इङ्ल्यान्ड भ्रमण गर्दा क्रिकेटमा फर्किनेछ।  

साउथ ह्याम्पटनमा हुने खेलअगाडि खेलाडीको कोरोना परीक्षण गरिनेछ। नतिजा आएको केही दिनमा भ्रमणकारी टोली अस्ट्रेलियाले घरेलु टोली इङ्ल्यान्डसँग सेप्टेम्बर ४ तारिखपछि तीन ट्वान्टी–२० प्रतियोगिता खेल्नेछ। यस्तै म्यानचेस्टरमा तीन एकदिवसीय खेल खेल्ने तालिका छ।  

अस्ट्रेलियाले यसअघि पठाइनेभन्दा ठूलो संख्याको टोलीलाई भ्रमण गराएको हो। दुई टोली बनाएर अभ्यास गर्न सहज होस् भन्ने उद्देश्यले २१ सदस्यीय टोली भ्रमण गराएको प्रशिक्षक ल्याङ्गरले स्पष्ट पारे।  

अस्ट्रेलियाले यसअघि पठाइनेभन्दा ठूलो संख्याको टोलीलाई भ्रमण गराएको हो। दुई टोली बनाएर अभ्यास गर्न सहज होस् भन्ने उद्देश्यले २१ सदस्यीय टोली भ्रमण गराएको प्रशिक्षक ल्याङ्गरले स्पष्ट पारे।  

‘२१ खेलाडीलाई टोलीमा समावेश गर्ने उद्देश्य भनेको आपसमा अभ्यास गर्दै अनुभव बढाउने हो,’ भ्रमणकारी टोलीका प्रशिक्षक  ल्याङ्गरले भने, ‘प्रविधिक रूपमा हामी सबै मजबुत भएर प्रस्थान गरेका छौं। सबै भ्रमणका लागि योग्य र फिट छन्। इङ्ल्यान्ड पुगेर हामी सीधै आपसी अभ्यास खेलमा हुन्छौं।’

‘कप्तान अरोन फिन्च र डेभिड वार्नरको एक एक टोलीले इङ्ल्यान्ड आइसोलेसन भ्रमणमा आपसमा अभ्यास म्याच खेल्नेछ। अभ्यास खेलको लक्ष्य मानसिक रूपमा पनि तयार हुनु हो,’ ल्याङ्गरल थपे, ‘खेलाडी कडा निगरानी र अनुशासनमा रहनेछन्। खाना खानका लागि बाहिर पनि निस्कन बन्देज लगाइएको छ।’  

फिन्चको टोलीमा डेभिड वार्नरसहित केही नयाँ खेलाडीलाई समावेश गरिएको छ। आगामी वर्ष आयोजना हुने  ट्वान्टी–२० विश्वकपलाई मध्यनजर राख्दै नयाँ खेलाडीलाई अनुभव दिलाउन लागिएको हो। टोली सदस्य ल्याङ्गरले इङ्ल्यान्डसँगको खेलमा स्थान नपाए पनि भ्रमणले नयाँ खेलाडीलाई धेरै अनुभव मिल्ने प्रतिक्रिया दिए। यसअघि २०१८ मा इङ्ल्यान्ड भ्रमण गर्दा टोलीले ५–० ले शृंखला स्विप गरेको थियो। 

प्रकाशित: ९ भाद्र २०७७ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App