खेल

सन्दीपको किफायती बलिङ व्यर्थ

सन्दीप लामिछानेको बलमा आउट भएपछि गुयनाका कप्तान क्रिस ग्रिन (दायाँ) तस्बिर: सिपिएल

नेपालका सन्दीप लामिछानेको किफायती बलिङ मद्दतबाट उनको टोली जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल)को आफ्नो दोस्रो खेलमा सामान्य लक्ष्य पाए पनि स्तब्धपूर्ण हार बेहोरेको छ।

शनिबार भएको खेलमा सन्दीपले चार ओभरमा दुई विकेट लिँदै ८ रन मात्र खर्चेको खेलमा जमैकाले गुयना अमेजोन वारियर्सलाई १९.१ ओभरमा १ सय १८ रनको मध्यम स्कोरमा अलआउट गरेको थियो। यद्यपि, झीनो लक्ष्य पछ्याएको जमैकाले पूरै ओभर खेले पनि सात विकेटको क्षतिमा १ सय ४ रन मात्र बनाएपछि गुयना अमेजोनले महत्वपूर्ण जित निकाल्यो। जमैकाका आन्द्रे रसेलले ३७ बलमा ५२ रनको आक्रामक ब्याटिङ गरे पनि गुयना अमेजोनको बलरले अनुशासित बलिङ गर्दै सिपिएलको इतिहासकै झीनो लक्ष्य रक्षा गरे।  

सन्दीपले पहिलो खेलमा पनि किफायती बलिङ गर्दै एक विकेट लिएका थिए। दोस्रो खेलमा झनै सुधारिएको प्रदर्शन गरेका सन्दीपले चार ओभरमा अनुशासित बलिङ गर्दा एउटा पनि बाउन्ड्री बेहोरेनन्। उनले गुयनाका सिरफेन रुथरफोर्डलाई ६ रन र कप्तान क्रिस ग्रिनलाई २ रनमा आउट गरेका थिए।

जितसँगै गुयना अमेजोन तीन खेलबाट चार अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। सन्दीपले पहिलो खेलमा पनि किफायती बलिङ गर्दै एक विकेट लिएका थिए। दोस्रो खेलमा झनै सुधारिएको प्रदर्शन गरेका सन्दीपले चार ओभरमा अनुशासित बलिङ गर्दा एउटा पनि बाउन्ड्री बेहोरेनन्। उनले गुयनाका सिरफेन रुथरफोर्डलाई ६ रन र कप्तान क्रिस ग्रिनलाई २ रनमा आउट गरेका थिए। गुयनाका ब्रेन्डेन किङ २९ रन, चन्द्रपवल हेमराज र रोस टेलरले २१÷२१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। मुजिब उर रहमान र कार्लोस ब्राथवेटले समान तीन विकेट लिएपछि गुयना सस्तैमा समेटिएको थियो।  

१ सय १९ रनको लक्ष्य पछ्याएको सन्दीपको टोली जमैकाका ओपनरद्वय खाता नखोल्दै आउट भएका थिए। एकपछि अर्को विकेट पतन हुँदा १२.४ ओभरमा टोली ४८–५ विकेटको नाजुक स्थितिमा पुग्यो। रोभमन पावल पनि २३ रनमा आउट भएपछि जमैकाले छैटौं विकेट गुमाएको थियो। खातामा थप ९ रन जोड्दा पनि सन्दीप लामिछाने खाता नखोली आउट भए पनि रसेलले एक छेउबाट आक्रामक ब्याटिङ गरेका थिए, तर जित दिलाउन भने असफल भए। रसेलले चार चौका र पाँच छक्का प्रहार गरेका थिए। गुयनाका कप्तान ग्रिन क्रिसले दुई विकेट लिँदा पाँच बलरले १–१ विकेट निकाल्दै किफायती बलिङ गरेपछि सन्दीपको टोली पराजित भयो।

प्रकाशित: ८ भाद्र २०७७ ०१:५० सोमबार

सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग