खेल

जोसुवाको विश्वकीर्तिमान

 युगान्डाका धावक जोसुवा चेप्टेगेईले शुक्रबार फ्रान्सको मोनाकोमा भएको डायमन्ड लिगअन्तर्गत पाँच हजार मिटर दौडमा नयाँ विश्वकीर्तिमान बनाएका छन्।

जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेर नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। युगान्डाका २३ वर्षीय जोसुवाले निर्धारित ५ हजार मिटरको दौड १२ मिनेट ३५.३६ सेकेन्डमा पार गर्दै नयाँ कीर्तिमान रच्न सफल भएका हुन्। सन् २००४ मा इथियोपियाका केनिनिसा बेकेलेले पाँच हजार मिटरमा बनाएको १२ मिनेट ३७.३५ सेकेन्डको कीर्तिमानलाई उनले तोडेका हुन्।  

जोसुवाले अघिल्लो वर्ष कतारमा भएको १० हजार मिटरमा पनि उपाधि उचाल्दै विश्व च्याम्पियन बनेका थिए। गत फेब्रुअरीमा जोसुवाले ५ किमी दौडमा कीर्तिमान बनाएका थिए। शुक्रबारको कीर्तिमानसँगै जोसुवाले दोस्रो पटक विश्व कीर्तिमान बनाएका हुन्।

‘मोनाको मेरा लागि विशेष ठाउँ हो र मैले विश्व रेकर्ड बनाउने एक ठाउँ हो,’ जोसुवाले भने, ‘यो वर्ष मेरा लागि धेरै प्रेरणा मिल्यो। किनभने यो अवस्थामा धेरै मानिसले मलाई घरबाट नै समर्थन दिइरहेका छन्। जसले गर्दा मलाई प्रेरणा मिलेको हो।’  

यसका अलावा विश्वच्याम्पियनको उपाधि उचालिसकेका जोसुवाले २ सय मिटरमा १९.७२ सेकेन्ड को समय निकाल्दै आफ्नो खुबी प्रस्ट्याएका छन्

प्रकाशित: ३२ श्रावण २०७७ ०५:०३ आइतबार

विश्वकीर्तिमान