खेल

राखेपले माग्यो बक्सिङ संघका अध्यक्षसँग आर्थिक विवरण

राष्ट्रिय खेलकूद परिषद् ९राखेप० ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै  संघले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ । राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले संघका अध्यक्ष अवालेलाई संघ सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन सोमबार पत्र पठाएका हुन् ।  

अध्यक्ष अवालेले बक्सिङ संघलाई एकलौटी रूपमा चलाएको, चार वर्षको कार्यकालमा साधारण सभासमेत गर्न नसकेको तथा विधानविपरीत काम गरेको भनी संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत असार १४ गते राखेपमा उजूरी दर्ता गराएका थिए ।  

महासचिव र कोषाध्यक्षले उजूरी दिएपछि राखेपले अध्यक्ष अवालेलाई चाँडोभन्दा चाँडो आर्थिक कारोवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । महासचिव भट्टाचार्यले संघको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको समेत आरोप लगाएका छन् । अध्यक्ष अवालेले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताउँदै बैठकमा आर्थिक प्रतिवेदनमाथि छलफल हुँदा सामान्य विवाद भएको भने स्वीकारेका छन् ।  

प्रकाशित: २७ श्रावण २०७७ ०७:३२ मंगलबार