खेल

खड्गीलाई चेल्सीको जर्सी

प्रिमियर लिग क्लब चेल्सी फुटबल क्लबको नेपाली अधिकारिक समूह चेल्सी नेपाल अफिसियल स्पोर्ट्स क्लबद्वारा प्रशिक्षक सल्यान खड्गी एन्फा कम्प्लेस सातदोबाटोमा भएको कार्यक्रमबीच सम्मानित भएका छन्।

चेल्सी नेपालले खड्गीलाई चेल्सीले क्लबका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकको हस्ताक्षर गरेर पठाएको जर्सी हस्तान्तरण गरेको हो। उनलाई जर्सी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्तान्तरण गरेका हुन्। सम्मानित भएपछि बोल्दै प्रशिक्षक खड्गीले यस प्रकारको सम्मानले युवा प्रशिक्षकहरूलाई थप ऊर्जा प्राप्त हुने बताए। उनले भने,’ हामी जस्तो पिछडिएको मुलुकका प्रशिक्षकलाई यस प्रकारको सम्मान पाउँदा थप उत्कृष्ट गर्न ऊर्जा मिलेको छ।’

त्यसै गरी अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले विदेशी क्लब र समर्थकले नेपाली फुटबललाई देखाएको समर्थन देखेर उत्साहित भएको बताए र नेपाली फुटबललाई मैदानमै आएर समर्थन गर्न आह्वानसमेत गरे। उनले समर्थक समूहसँग सहकार्य गरेर फ्यान संस्कारको विकासमा अगाडि बढ्ने प्रतिज्ञासमेत गरे। सल्यान खाड्गीले गत साता मात्र एएफसी ‘ए’ लाइसन्स कोचिङ कोर्स पूरा गरेका थिए। सल्यान खड्गीले  प्रशिक्षकका रूपमा संकटा क्लबमा रहँदा क्लब २०७५ सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो भएको थियो।

प्रकाशित: १४ श्रावण २०७७ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App