खेल

स्टोक्स टेस्टका उत्कृष्ट अलराउन्डर

इङ्ल्यान्डका बेन स्टोक्स टेस्ट वरीयताको शीर्ष अलराउन्डर बनेका छन्।  

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा गरेको प्रभावशाली प्रदर्शन लगत्तै उनी वेस्ट इन्डिजकै कप्तान जेसन होल्डरलाई पछि पार्दै आइसिसीको टेस्ट वरीयतामा शीर्ष अलराउन्डर बनेका हुन्। इङ्ल्यान्डले सोमबार भ्रमणकारी टोली वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा १ सय १३ रनले पराजित गर्दै तीन टेस्टको शृंखला १–१ को बराबरीमा ल्याएको थियो। इङ्ल्यान्डले पहिलो इनिङमा ९ विकेट गुमाउँदै ४ सय ६९ रनमा इनिङ समाप्तिको घोषणा गर्दा स्टोक्सले १ सय ७६ रन जोडेका थिए।

वेस्ट इन्डिज पहिलो इनिङमा २ सय ८७ रनमा सीमित भएको थियो। स्टोक्सकै अविजित ७८ रनमा इङ्ल्यान्डले १२९–३ मा दोस्रो इनिङ समाप्तिको घोषणा गरेसँगै वेस्ट इन्डिजले जितका लागि ३ सय १२ रनको लक्ष्य पाएको थियो। तर, वेस्ट इन्डिज १ सय ९८ रनमा अलआउट भयो र इङ्ल्यान्डले शृंखलामा बराबरी गर्ने अवसर पायो। होल्डर पछिल्लो १८ महिनादेखि टेस्ट वरीयताको शीर्ष अलराउन्डर थिए।

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा गरेको प्रभावशाली प्रदर्शन लगत्तै बेन स्टोक्स वेस्ट इन्डिजकै कप्तान जेसन होल्डरलाई पछि पार्दै टेस्टमा शीर्ष अलराउन्डर बनेका छन्।

प्रकाशित: ७ श्रावण २०७७ ०३:३९ बुधबार

बेन स्टोक्स